Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जलवायु परिवर्तन सम्बन्धी एक गोष्ठी सम्पन्न

Published on 1:55:00 AM //


सञ्जु थापा
जलवायु परिवर्तन सम्बन्धी गलकोट, हरिचौरमा एक गोष्ठी सम्पन्न भएको छ । जिल्ला वन कार्यलय बाग्लुङको हटिया रेञ्जपोष्टमा बाग्लुङका हटिया, मल्म काँडेबास र हरिचौर गाविस अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहको सहभागितामा जलवायु परिवर्तन सम्बन्धी जनचेतना गोष्ठी सम्पन्न भएको हो । गाउँ वन समन्वय समिती हटियाका अध्यक्ष डम्मर खत्रीको सभापतित्व रहेको कार्यक्रममा सहायक वन अधिकृत ईन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहायक वन अधिकृत रामचन्द्र कंडेल र राजकुमार दर्जीले प्रशिक्षण दिनुभएको छ । कार्यक्रममा जलवायु परिवर्तनका कारण न्युनीकरण गर्न उत्पन्न प्रकोपको लागि सामुदायिक वन उपभोक्ता समुह मार्फत जनचेतना फैलाउनुपर्नै कुरामा जोड दिईेएको थियो । कार्यक्रम जिल्ला वन कार्यलय बाग्लुङका सहायक वन अधिकृत रामचन्द्र कडेलको सभापतित्व र एनिमेटर राजकुमार दर्जीको संञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

+ Discussion
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग