"श्रमजिवी पत्रकारको अधिकार स्थापन हुनुपर्छ": चापगाई
Published on
9:29:00 PM //
गगनशिला खड्का
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन चापगाईले श्रमजिवी पत्रकारहरुको अधिकार स्थापना नभईकन पत्रकारीता क्षेत्र अगाडी बढ्न नसक्ने बताएका छन । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि विहिवार पहिलो पटक गुल्मी जिल्लामा आएका चापगाईले मोफसलमा रहेका सञ्चार माध्यमको सरलीकरण र श्रमजिबी पत्रत्रकारहरुको अधिकार स्थापीत गर्ने योजना महासंघको प्राथमिकतामा रहेको बताएका हुन ।

चापागाईले सञ्चार माध्यम र पत्रकार हरुले ध्यान नदिने हो भने पत्रकारीता क्षेत्र आगामी दिनमा भजन मण्डलीको रुपमा स्थापीत हुन सक्ने बताए । सहभागी पत्रकारहरुलाई संवोधन गर्दै केन्द्रीय सदस्य चापागाँईले यतिवेला अन्य विषयमा भन्दा पनि जेष्ठ १४ भित्र संविधान निर्माण नहुने प्रायः निश्चित भईसकेकोले त्यसपछि मुलुक के हुने हो र हामी के हुने हौँ भन्ने चिन्ता लिनुपर्ने र सोही गतिमा पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड् दिए । उनले सञ्चार माध्यममा सवलीकरणको जरुरी भएको, समानुपातिक विज्ञापन र विकेन्द्रीकरण हुनुपर्ने, एउटै व्याक्तिले सञ्चार माध्यम खोल्ने उसैले विभिन्नं व्यवसाय गर्ने गर्दा पत्रकारहरुले उनीहरुका गलत पक्षहरु उठाउन नसक्ने भएकाले स्थानीय रेडियो लगायतका सञ्चार माध्यम उनीहरुको भजन मण्डली जस्तै वनेकोले सवलीकरणको आवश्यकता रहेको धारणा राखेका थिए ।
रुपन्देही पत्रकार महासंघको पुर्व अध्यक्ष छँदा पत्रकार महासंघ गुल्मीको भवन शिलान्यास कार्यक्रममा समेत आएका केन्द्रीय सदस्य चापागाँईले रकम अभावमा अलपत्र निर्माणाधिन भवनका लागि आवश्यक रकमको पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।
0 प्रतिकृयाहरु