हिमालकी राजकुमारी
Published on
1:49:00 AM //
-आशिष लुइटेल
'विहे नगर्ने ?'
'ह्वाट ?,' उनी अक्मक्किइन्, हावाले उडाउलाझै गरेको कुर्ताको छेउलाई समेटिन र मज्जाले हाँसिन्, 'नगर्ने !' हँ ? मैले उनको खिसी गरेँ,अलिक निहुरिएर । 'हेइ,' सायद मेरो व्यङ्ग्य भावलाई बुझेरै हुनुपर्छ उनी केही 'बोल्ड' देखिइन्, 'अहिले नगर्ने भनेको ! अब हाँस्ने पालो मेरो । दिलै खोलेर खित्किएँ, 'अहिल्यै गर्न त म पनि तयार हुनुपर्यो नी !' झन्डै १० मिनेटको भलाकुसारीको मध्यभागतिर एक्कासी विवाह र प्रेमबारे प्रश्न गरिहाल्नुको खास कारण म अविवाहित हुनु हुदै हैन् । 'मलाई थाहा छ,' डिम्पलनेर चोरी औला लगिन्, 'यो देखेर हो ।' त्यो पनि हैन् । म हाँसे । उनी पनि मुस्काइन् र थपिन्,'के थाहा मैले विहे नै गर्दिन की !' यो त कुनै नेपाली केटीले आफ्नी विवाहीत संगिनीको दुःख देखेपछि बोल्ने डायलग जस्तो भैगयो नी ! 'किन ? यहाँका केटीले त्यसै भन्छन् ?'
'हो त ! सोधौं ?,' मैले हाम्रो गफलाई सुनिरहेकी एउटी ठिटीप्रति सान गरेँ ।
'तिमीले भन्दा राम्रोसँग यी केटीहरुलाई मैले चिनेकी छु,' गम्भिर तर ठट्यौली पारामा मलाई सटायर हानिन्, 'के तिमी सहर बाहिरका केटीबारे म जत्तिको जानकार छौ ? तिनको बारेमा कति लेख्या छौ ?'
कुराकानी वादविवादतिर उन्मुख भयो,यसलाई सुन्नेहरुको भिड बाक्लि थाल्यो यही विचमा उनको मोवाइलको घन्टि बज्यो, 'टि टिट ।'
'माफ गर,' मोबाइलतिर आँखा लाउदै उनले भनिन्, 'म जानुपर्यो ।'
'कहाँ ?,' मैले जिस्क्याउने भावमा सोधेँ, 'केटा हेर्न ? विहे आजै हुनेभयो की क्या हो ?' 'हैन्,' मज्जाले हाँसिन र आफ्नो रातो 'ब्या साइड' ब्याग जुरुक्कै उचालिन,'नाम्चेको कार्यक्रममा ।' नाम्चेबजारमा हुन लागेको एउटा कार्यक्रमकी दुत बनाइएको थियो उनलाई । समुन्द्र्री सतहबाट ३७ सय ९० मिटर उचाइमा रहेको खुम्जुङ गाउँको एउटा स्कुल प्राङ्गण छेउमा गफिइरहेकी उनी अब हतारिइन् । 'सि यु सुन,' कालो गगले आँखा छोपिन् । मोवाइल नम्बर साटासाट गर्यौं । नाम्चेबाट आजै बेलुकी फर्किने उनले योजना सुनाइन् । फर्केपछि फोन गर्ने बताइन् र सँगै डिनरको लागि अफर गरिन् । उनले हात हल्लाइन् । सहकर्मी फोटोग्राफर नवराज वाग्लेले क्यामेरा तेस्र्याए,'क्लिक क्लिक !'
बाई गाइज ।
विश्वविख्यात आरोही सर एडमन्ड हिलारीकी नातिनी एमिलिया रोज त्यतिबेला सोलुखुम्बुको खुम्जुङमा थिइन्, जतिबेला काठमान्डुको पर्यटन बोर्डमा एडमन्ड र तेन्जिङ नोर्गे शेर्पाको सम्झना भइरहेको थियो । (हिलारी र तेन्जिङलाई सम्मान गर्दै सरकारले मे २९ लाई अन्र्तराष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउँदै आएको छ ।) 'जान पाइनँ,' व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेकोमा उनी खिन्न देखिन्थिन्, 'तर मेरो अनुपस्थिती कार्यक्रममा वहषको विषय नबने हुन्थ्यो ।'
ठ्याक्कै उनको मनोकामना त पूरा भयो तर त्यस्तै अरु कार्यक्रम हुँदा नेपाली सञ्चारमाध्यमले उनै एमिलिया कार्यक्रममा सहभागि भएझै गरि फुक्थे, 'एडमन्डकी नातिनी' भन्दै । ती नातिनी एडमन्डको आफ्नै थिइनन्/हुनन थिइन् । 'नबुझेरै हुनुपर्छ' टिप्पणी गरिन्, 'उ -सौतेनी हजुरआमा जुन)को नातिनी हो ।' एडमन्डकी पहिली पत्नी लुइसको ३६ वर्षअघि भएको जहाज दुर्घटनामा नेपालमै मृत्यु भएको थियो । त्यसको झन्डै १५ वर्षपछि सन् १९८९ मा एडमन्डले जुन सँग विहे गरे,जसकी एक छोरी र नातिनि -डाक्टर रेबेखा) थिइन् । उनै नातिनीलाई नजिकबाट नचिन्नेले एमिलिया (या उनकै आफ्नै दिदी) सम्झन्छन् 'र नेपालमा पनि त्यसै गरिन्छ्,' प्रष्ट्याइन्, 'रेबेखा र म मिल्छौ तर हामी एउटै बाउका छोरी हैनौं ।' रेबेखालाई एडमन्डको नातिनी भन्दा एमिलीलाई रिस त उठ्दैन तर धेरैले उनी आफू भएको भन्ठान्दाचाहिँ कस्तो कस्तो लाग्छ रे
आखिर जिजु/बराजुको नाम बेचेर आफूलाई अब्बल प्रमाणित गर्न खोज्नेको भिडमा कसैले आफै केही गर्न खोजीरहदा पनि हजुरबुवाकै नामबाट परिचित गराइदा उनलाई 'अनइजी' फिल हुनु अनौठो हैन् । एमिलया सकेसम्म आफै केही गर्न खोजिरहेकी छिन् । 'उहा -हजुरबुबा)ले देखाएको बाटो त हिडी नै हाल्छु,' टाउको अघिल्तिर सजाएकी कालो गगलाई देब्रे हातले उचाल्दै भनिन्,'तर सधै एउटै काममा मात्रै व्यस्त हुन्न ।' आफूले जानेको कुरा अरुसंग साटासाट गर्दा झन ज्ञानको विकास हुने ठान्छिन अष्ट्रेलियाको एक विश्वविद्यालयमा राजनितीशास्त्रमा स्नातक गर्दै गरेकी तर पढाइबारे धेरै बोल्न नचाहने एमिलिया ।
न्युजिल्यान्डे ठिटी अमेलिया सोलुखुम्बुस्थित खुम्जुङ माध्यामीक विद्यालयको ५० औं वर्षगाँठमा सहभागि हुन हेलिकप्टरमार्फत खुम्जुङमा उत्रिइन्, स्थानियले उनलाई झ्याप्पै छोपे,केहीले गम्ल्याङ्गै अँगालो हाले । सेतो - र खैरो पनि) खादा पहिर्याइदिए । 'सि इज आवर पि्रन्सेस' (यीनी हाम्रो राजकुमारी) कसैको बोली मेरो कानमा पर्यो, 'यिनका बुबा (पिटर हिलारी) राजकुमार,' बोली चर्को सुनियो, 'अनि हजुरबा एडमन्ड राजा' अहो ! राजकुमारीको यो भ्रमण वास्तवमै राजकीय सम्मानका साथ भइरहेझै लाग्थ्यो,फरक उनीसँग व्यक्तिगत सुरक्षाकर्मी थिएनन् । उनी मुसुक्क मुस्काएर दुवै हात जोड्दै अघि बढिन्,'नमस्ते ''नमस्ते ' विद्यालयको कार्यक्रममा प्रस्तुत नाचगानले अमेलिया वरिपरिको भिड पातलिदै गर्दा छेउबाट उनीसंग गफ गर्ने मौका छोपेर बसिरहेको म फुत्त उनको अघिल्तिर निक्लिएँ र परिचय दिदै सोधेँ, 'के छ हालखबर ?'
'सबै ठिक छ !' मुस्काइन् । औपचारिकता न हो ! अझ बोल्ने बाटो π तर उनको यो उत्तरलाई केबल औपचारिकतामात्रै ठान्नु उनको यो हँसिलो चेहराको अवमूल्यन गर्नुसरह नै हो । किनभने आफ्नो हजुरबुबा विख्यात पर्वतारोही -सगरमाथा चढ्ने पहिलो मध्येका एक) सर एडमन्ड हिलारीको सहयोग र सक्रियतामा बनेको स्कुलले ५ दशक पूरा गरेको खुशियालीमा यही स्कुलबाट कखरा सिक्दै विश्व प्रसिद्ध विश्वविद्यालयबाट ग्राजुएट गरेकाहरु एकैठाउमा जम्मा भएका छन् । ती सबैले हजुरबुबाको भारी प्रशंसा मात्रै गरिरहेका छैनन्,यीनै २१ वषिर्याको वरिपरि झुम्मिएका पनि छन् । 'एडमन्डको नातिनी त हुदै हौ,' क्याम्बि्रज विश्वविद्यालय अमेरिकाका ग्राजुएट नवाङ कर्साङ सेर्पाले भने, 'तिमी आफै हाम्रो लागि केही गर्न खोजिरहेकीछ्यौ ''खुशी लाग्छ,' स्थानियको आत्मियताबारे उनी बोलिन्,'उता (उनी आफ्नो माओली मुलुक अष्ट्रेलिया धेरै बस्छिन्) तिर टेन्सन भयो भने यता आउँछु ।' आठ वर्षअघि पहिलोपटक नेपाल आएकी उनी त्यसपछिका हरेक वर्षजसो आउने गरेकी छन् । उनी आगमनलाई नेपालका खासगरि दुर्ग भेगका जनताले निकै चासोका साथ स्वागत गर्न कुरिरहन्छन्,यही खुम्जुमै जसरी । एमिलिया र उनको परिवारलाई एकदमै नजिकबाट चिनेका न्युजिल्यान्डका जीम स्ट्रङका अनुसार एमिलियाको समाजसेवा गर्ने अठोटसँगै नेपाली जनतालाई गरेको सहयोगले उनीप्रतिको चासो बढेको हो । 'धेरै गरिबलाई सहयोग गरेकी छिन्,' ६५ वषिर्य जीमले स्थानिय एक होटलको कफी गफमा मसँग भने,'आफ्नो देश र माओली क्षेत्रमा नेपालमा सहयोग गर्ने भन्दै फन्ड संकलन गर्छिन् ।' उनी खुम्बु क्षेत्रमा पाइला टेक्नेबित्तिकै धेरैले यसैगरि स्वागत गर्छन्,कारण उनी र उनकै हजुरबुबा ।
हो,खुम्बु क्षेत्रमा एडमन्डले यही विद्यालयसहित २७ वटा विद्यालय खोलेका छन् । तेन्जिङ नोर्गेसँग सन् १९५३ मे २९ मा सगरमाथामा पाइला टेकेका एडमन्डकै अध्यक्ष्ातामा ४५ बर्षअघि स्थापना गरेको हिमालयन ट्रस्टले बर्षेनी सहयोग गर्ने विद्यालय संख्या ६३ पुगेको छ । 'ती स्कुलमा झण्डै ८ हजार विद्यार्थी पढ्छन्,' हजुरबुबाको सक्रियतामा खुलेका स्कुलबारे गहिरो चासो राख्ने उनी भन्छिन्, 'यसले मलाई खुसी तुल्याउँछ ।' ट्रस्टले सन् १९७५ मा सल्लेरीमा फाप्लु अस्पताल स्थापना गरेर १४ बर्षपछि सरकारलाई हस्तान्तरण गरेको थियो । खुम्जुङको खुन्दे अस्पताल र अरु करिब १ दर्जन स्वास्थ्य क्लिनिक पनि चलाइरहको छ । सन् १९८२ देखि ट्रस्टले ३ वटा नर्सरीमार्फत बर्षेनी ६० देखि ८० हजारवटा सम्म वृक्ष्ारोपण गर्दै आएको छ, ससगरमाथा राष्ट्रिय निकुञ्जमा ।
र, उनी आफै पछिल्ला वर्षहरुमा नेपालमा खुबै धाउन थालेकी छिन् । 'हजुरबुबाले यहाँ -खुम्बु क्षेत्र) योगदान गर्नुभयो,' खैरो कपालमा टाँसिएको सेतो खादाको धागो खुस्काउदै उनी बोलिन्,'म चाहिँ पश्चिम नेपालतिर केही गर्छु ।' पश्चिम नेपाल केन्दि्रत अर्गानिक फार्म र महिला तथा बालबालिका लक्षित चेतनामूलक कार्यक्रमका लागि अहिले उनी व्यस्त छिन् । यो व्यस्तताबारे सकभर कसैलाई थाहा नहोस भन्नेमा उनी चनाखो छिन् । 'के के न काम गर्न लाग्या भन्ठान्लान भनेर,' कारणबारे उनी बोलिन् । तर आफूले गर्ने कामबारे अरुलाई थाहा दिनैपर्छ भन्ने मान्यताचाहिँ उनमा छ । 'यसले अरुलाई यस्तै काम गर्न हौस्याउँछ,' भन्छिन् ।
'माफ गर आशिष,' बेला बेला नेटवर्क टिप्ने मेरो एनटिसी पोष्टपेडमा एमिलियाको एसएमएस आयो, 'आज म र्फकन निकै ढिला होला जस्तो छ । के हामी भोलि बिहान कफी पिउने गरी भेट्न सक्छौं ?' असम्भव π मलाई विहान १ घन्टा उकालो चढेर साढे सात बजेको हेलिकप्टर समात्नुथियो,त्यसैले एमिलियासँग जसरी पनि आजै राती भेट गर्नैैपर्ने भयो । 'जसरी पनि आजै भेटौं,' मैले प्रतिउत्तरमा भने,'मैले तिमीबारे लेख्नुछ,त्यसैले थप कुरा गर्नैपर्छ ।' उनले निकै ढिलो एसएमएस पठाइन्, '९ बिजसक्यो म बाटोमै छु । के गर्ने होला ?' काठमान्डुबाट कन्सर्ट भर्न गएका कुन्ती मोक्तान 'लाली गुरास अजम्बरी...' गित गाइरहेकी थिइन् । आकाशे पानी सिमसिम्याउदै थियो । म दोधारमा परेँ र उत्तर पठाएँ,'के हामी फोनमा गफ गर्न सक्छौं ?' उनको उत्तर राती ११ बजेसम्म आएन् । भोलिपल्ट म काठमान्डु फर्किएँ । विहान ११ बजेतिर फोन गरेँ,उठाइनन् । पछि सिडिएमए पोष्टपेडबाट फोन आयो, 'हेइ आशिष,माफ गर π यो फोनको नेटवर्कले धोका दियो'
म बुझ्छु,नेपालका फोन नेटवर्क यस्तै खराब छन्, काम परेको बेला 'माफ गर्नुहोला...' या 'इरर इन कनेक्सन' मात्रै भन्छन् । यसको समाधान खोज्नुपर्छ,हामीले ।
'खोजौं न त' भनिन्, 'नेपालमा केही पनि खराब भएको मलाई राम्रो लाग्दैन्,यहाँ सबै हासी खुसी बसेका म हेर्न चाहन्छु ।' मेरो देशप्रतिको तिम्रो आत्मियता बेजाड छ,धन्यवाद तिमीलाई । 'यो देश मेरो पनि हो,' फोनमा 'क्लोज' आवाज आयो, 'मेरो हजुरबुबा यो देशको नागकि हो (उनको हजुरबुबालाई सगरमाथा आरोहण स्वर्ण महोत्सवमा नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको थियो ।)
'तीम्रो भावी योजना ?'
'भेटेरै भन्छु '
कहिले ?
'यही शुक्रबार,' उनले फोन गफको बिट मारिन्, 'म काठमान्डु आउँदैछु ।'
(आफ्नो व्यक्तिगत विषयमा धेरै नबताउने सर्तमा थालिएको कुराकानी फोनमा पनि उस्तै सर्त सहित शुरु भएर सकियो ।)
www.aashisluitel.com.np
0 प्रतिकृयाहरु