डिएसपीलाई विदाई
Published on
11:08:00 PM //
पि.एम.मगर
जिल्ला प्रहरी कार्यालय गुल्मीवाट पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा सरुवा हुनु भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुवेदीलाई शनिबार एक कार्यक्रमका विच विदाई गरिएको छ । रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाज गुल्मीको आयोजनामा उक्त विदाई कार्यक्रमको आयोजना गरिएको हो ।
डिएसपी सुबेदिको फाइल तस्बिर |
गुल्मी जिल्लामा २३ महिनाको अवधिसम्म वस्दा पहरी नायव उपरिक्षक सुवेदीले जिल्लामा वस्दासम्म जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउँदै महत्वपूर्ण प्रशासकीय जिम्मेवारी वहन गर्न सफल भएको भन्दै सुवेदीलाई उपहार प्रदानगरि फुलमाला र अविर लगाएर उहाँको योगदानको कदरगर्दै विदाई गरिएको थियो ।
विदाई समारोहमा वोल्दै प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले आफुलाई गुल्मी जिल्लावासीले गरेको सहयोगको प्रशंसा गर्दै आफु जहाँ गएपनि गुल्मीवासीहरुको मायालाई विर्सन नसक्ने वताउनु भएको थियो । रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाज गुल्मीका अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सल्लाहकार एवं नेपाली काँगेस गुल्मीका महासमिति सदश्य भुवन प्रसाद श्रेष्ठ,सल्लाहकार एवं वरिष्ठ समाजसेवी नन्दराम भुसाल, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक तथा नेपाल प्रेस युनियनका केन्दीय सदश्य जनार्दन घिमिरे लगायतका वक्ताहरुले सुवेदीको कार्यशैली र उहाँले गरेका उल्लेखनीय कामहरुको वारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रम रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाज गुल्मीका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
0 प्रतिकृयाहरु