भष्ट्राचार विरुद्धको अभियानमा सवै पक्ष लाग्नुपर्छ: महासंघका पुर्व अध्यक्ष मुल्मी
Published on
3:49:00 AM //
पि.एम.मगर
भष्ट्राचार विरोधी अभियानमा ट्रान्सफरेन्सी इन्टरनेशनल टी आई नेपालले देशव्यापी रुपमा विभिन्न संस्थाहरुसँग सहकार्य गर्ने योजना अनुरुप गुल्मीको तमघासमा पनि छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पारदर्शी नेपाल सिद्धार्थनगरका निवर्तमान अध्यक्ष सोमनाथ सिग्देल र भगवती ज्ञवाली, ट्रान्सफरेन्सी नेपालका लेखा अधिकृत वविता शर्मा लगायतले भष्ट्राचार विरुद्धको अभियानका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भुवनप्रसाद श्रेष्ठ, नेपाल महिला संघकी अध्यक्ष विष्णु सापकोटा, नेपाल शिक्षक संघका प्रेम भण्डारी, नेकपा एमालेका गणेश श्रीपाली, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न निकाय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
आगामी दिनमा संस्थाको भष्ट्राचार विरोधी अभियानको गुल्मी जिल्ला सञ्जाल निर्माणका लागि वृहत छलफलको आयोजना गरिने गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पारदर्शी नेपाल सिद्धार्थ नगरका निवर्तमान अध्यक्ष सोमनाथ सिग्देलको स्वागत मन्तव्य र गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन रहेको थियो ।
0 प्रतिकृयाहरु