चुलो वनाउने पेशा वन्यो जिवन धान्ने आधार
Published on
11:11:00 PM //
पि.एम.मगर
लामो समयदेखि माछा मार्ने काम गदै आएका गुल्मीका एक ब्यक्तिले उक्त पेसा छाडेर सुधारिएको चुलो बनाउने पेसा गर्न थालेपछि राम्रो आम्दानी गर्न थालेका छन । गुल्मीको जोहाङ्ग गा.वि.स वाड नं. ४ का प्रेम वहादर माझीले १७ वर्षको उमेर देखिनै आफ्ना बाबु बाजेले गर्दै आएको माछा मार्ने पेसा गदै आएको र केहि समय अघिबाट उक्त पेसा छाडेर सुधारिएको चुलो बनाउने पेशामा अगालेपछि राम्रो आम्दानी गर्न थाल्नुभएको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAWKNS1EPHOZhqtul7NOHiNhUrxFpBsODK6O-enAHxNv-woXz03gjvQs_gL7nzajOMxxWmuO_7fcZ_2WF9X5XRyv46tQbIFD7N-_w7ZX04psI7_3LR0mp4Bo7FCV6Pu-0S2r-lgXaVsrb3/s320/void(0).jpg)
यसभन्दा अगाडि विहान वेलुकाको जिविको पार्जनका लागी दिनहुँ खोलाका किनारमा माछा मार्न जाने र मारेका माछा वेचेर एक दुई के.जी चामल किनी खर्च चलाउने गरेको तर अहिले आफु र आफ्नो परिवारको खर्च चलाउन कुनै समस्या नभएको उहाँले वताउनुभयो । अहिले उहाँ आफ्नो क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रहरुमा समेत पुगी सुघारीएको चुलो वनाउने गर्नुहुन्छ ।
परिवार संचालन गर्न तथा व्याक्तिगत आयआर्जनको माध्यम वनेको चुलो निर्माण गर्ने कार्यलाई आगामी दिनमा निरन्तरता दिने उहाँले वताउनुभयो । आफुलाई आजभोलि गाउंमा सबैले चुले दाई भनेर बोलाउदा खुसी लाग्ने भन्दै माझीले आफु गाउं गाउंमा चुलो बनाउन जादां त्यहांका युवाहरुलाई पनि नेपालमै बसेर केही गरे बिदेश जानु पदैन भन्ने सन्देश समेत दिदै हिड्ने गरेको बताउनुहुन्छ ।
0 प्रतिकृयाहरु