-खहरे
रुपाकोट, गुल्मी
तिमी जस्तै
त्यो घाम पनि
बिस्तारै स्वरूप लिएर आएको थियो, लाली रंगहरुको.
न्यानो जस्तो अँगालो, निल कमल झैँ,
सम्भोग जस्तो तातो, गुलाब-गुलाब झैँ,
र बिस्तारै,
साँझ जस्तो बिछोड, कमलपित्त झैँ ,
अनि
शीत जस्तो रुवाइ दिएर गएको घाम,
जादा
म "आफु" नै भएर गएछ .
घाम
अर्थात
पहिलेको तिमी.
0 प्रतिकृयाहरु