मोडलिङमा क्यारियर बनाउँदै गुल्मेली ब्यांकर
Published on
7:21:00 PM //
उनको मुख्य पेशा त बैंकिङ हो तर मोडलिङमा पनि क्यारियर बनाउन खोज्दैछन उनी । उनी अर्थात बुटवल फाइनान्स लिमिटेड बुटवलमा कार्यरत सन्तोष पौड्याल हालै मात्र एउटा गीताको म्युजिक भिडियोमा अभिनय गरेपछी मोडलिङमा स्थापित हुन खोज्दै छन । पछील्लो समय चर्चामा रहेको हितान शुक्रको शब्द, संगीत र निर्देशन रहेको आधुनिक गिती एल्बम "सिकर्स"को "तिम्रो मुटुको कुनै कुनामा मलाई राखिदेउ...." बोलकी गीताको म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएपछी उनी मोडलिङ प्रती अझ बढी आकर्षित भएका छन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigu_ibC1N8PeJ6q4kZdvbUqBQyvX71ldi3XhK4AvRoTKTVWDXPNt8FA3WUc9U3P_DbgnpwPeSinpdDVgaKanW29w-GVFiPSv8KbPpohYTmXQZdHtVXQD_F_t9TvHaBHgCbhI0yzouEsNE/s320/sa.jpg)
गुल्मी जिल्लाको बलेटक्सार-५ मा जन्मेका एमबिएस अध्ययनरत सन्तोष रोट्र्याक्ट क्लब अफ बुटवलको इलेक्ट प्रेसिडेन्ट पनि हुन । सामाजिक सेवकओ क्षेत्रमा पनि आफु सक्दो योगदान राख्नुपर्छ भन्ने मान्यता राख्ने उनी फुर्सदको समयमा आईटिको क्षेत्रमा बिकशित प्रबिधिबारे जानकारी लिन, संगीत सुन्न र फुटबल खेल्न मन पराउने बताउँछन ।
सन्तोष अभिनित भिडियो हेर्न तल क्लिक गर्नुहोला
0 प्रतिकृयाहरु