उपचारका लागि सहयोग याचना
Published on
10:34:00 PM //
छ महिनादेखि ब्लड क्यान्सरबाट पिडित १२ वषिर्य बालक नितेश खरालले उपचारका लागि सहयोग याचना गरेका छन् ।
गुल्मी जिल्ला अर्लाङ्कोट गाविस वार्ड नं. ६ निवासी शेष कान्तको नाती, लालमणी खरालको छोरा नितेशले आफ्नो उपचारका लागी आफ्नो आफ्नो परिवारको आर्थिक अवस्थाले नभ्याउने भएपछि सहयोग याचना गरेका हुन् । ब्लड क्यान्सर भएपछि खरालको गत २०६७ साल पौष देखी कान्ती बाल अस्पताल, काठमाडौंमा उपचार भैरहेको छ ।
डाक्टरको अनुसार झन्डै १६५ हप्ता सम्म बिरामीलाई निरन्तर रुपमा अस्पतालमै राखी केमो थेरापी दिनु पर्ने र उक्त उपचार पद्दती निकै खर्चिलो भएकोले सहयोगको याचना गरिएको नितेशका बाबु लालमणिले जानकारी दिनुभयो । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकोले छोराको ज्यान बचाईदिन आर्थिक सहयोगका लागी उहाँले सबैसमक्ष आग्रह गर्नुभयो ।
0 प्रतिकृयाहरु