मनोरन्जन
»
"अहिलेका दोहोरी सुन्दा चिन्ता लाग्छ"
Published on
3:23:00 PM
//
माधव अर्याल
२०४० को दशकमा निकै राम्रा लोकगीत बज्थे । स्वर सोध्यो भने सबैजसोले भन्थे- बमबहादुर कार्कीको होला । तिनै कार्कीले अचेल लोकगीत गाउन छाडेका छन् । अशक्त भएर भने होइन ।
'पहिलेकै जस्तै गाउन सक्छु,' ५३ वषर्ीय गायक जोसिए, 'तीन/चार घन्टा लगातार गाउन पनि सक्छु ।' उनले गाएका 'पानको पात...,' 'खोलापारि निरमाया वारि म रुनी...,' 'डाँडैको देवी देउराली...,' 'नरोऊ नरोऊ हे दुलही नानी..,' 'तानसेनमा बिजुली दाइ...,' 'सारंगीको धुन...' जस्ता धेरै गीत लोकपि्रय छन् । गुल्मीको घमिर-८ मा जन्मेका कार्कीका अनुसार त्यस बेलाका गीत जीवन्त हुन्थे । भने, 'तर, अहिले त्यस्तो छैन । सबै कुरा आधुनिकताले खाइदियो ।'२८ वर्ष लोक गायनमा लगाएका कार्कीका अनुसार उसबेला सम्मान पाउन र धन कमाउनभन्दा पनि रमाइलोका लागि गाउने चलन थियो । 'बजाउने टेप रेकर्डर पाइँदैनथ्यो, गीतको चक्कै नपाउने समस्याले हैरानी भएको अवस्थामा हामीले गीत गाउने गरेका हौं,' उनले भने, 'एकातर्फ गीत र अर्कातर्फ पन्चेबाजाको धुन भरेर सुनेर हिँड्ने चलन थियो ।' गुल्मीकै हिमालय माविबाट २०३३ मा एसएलसी पास गरेर काठमाडौं हिँडेका कार्कीले २०३४ मै रेडियोमा स्वर परीक्षा छिचोले । पढाइलाई निरन्तरता दिए, बीएल पास गरे । शाखा अधिकृतमा नाम निकालेका उनलाई पैसाको भने खासै चिन्ता भएनछ । उनको पहिलो गीत २०४० मा रेडियो नेपालमा बज्यो । 'पहिले यसरी अहिलेझैं छाडा भएर गाउन पाइँदैनथ्यो,' उनले अतीत सम्भिmए, 'तामझाम सहितको बाजागाजा हुँदैनथ्यो, सारंगी, मादल, बाजाको तालमा गाउनुपथ्र्यो ।' उपसचिव भइसकेका उनका ८२ एल्बम निक्लिसकेका छन् । ५ सयभन्दा बढी गीत गाएका उनले 'अझै पनि पैसाभन्दा लोकगीत र सांस्कृतिक' हिसाबले गाउने गरेको बताए । काठमाडांैबाट तानसेन बसमा आए पनि गुल्मी जान दुई/तीन दिन लगाएर टेप बजाउँदै हिँडेको उनको मनमा ताजै छ । 'गाउँमा टेप-रेकर्डर लिएर गयो भने ठूलै लाहुरे आएछ भन्ने हुन्थ्यो,' उनले सम्भिmए, 'उकालीओराली गर्दै खोला तरेर हिँड्ने बेला गाएका गीत अहिले पुराना भए ।'उनलाई लोक, भजन, दोहोरी, रोयला कुनै पनि भाका गाउन उनलाई 'केहीझैं लाग्दैन' । 'दोहोरीको सुरुवातै हामीले गरेका हौं,' उनी २०४३ तिर फर्किए, 'तर अहिले दोहोरीजस्ता पनि आउँदा चिन्ता लाग्छ ।' उनले भनेको पहिलो दोहोरी थियो- म्याग्दीकी धनकुमारी थापासँग गाएको 'खोलापारि निरमाया...' । उनका अनुसार अचेल संगीतकर्मीलाई प्रविधिले सजिलो त बनाएको छ तर संगीतमा जीवन्तता हराउँदै गएको छ ।उनलाई के लाग्छ भने उतिबेलाका गीत सुनेपछि तस्बिर झल्किन्थ्यो तर अहिलेको त्यस्तो हँुदैन । 'झोलुङ्गे पुल थिएनन्, मायालुलाई सम्झेर वारिपारि किनारमा हेरेर बस्ने जमाना थियो,' उनले भने, 'त्यसैलाई देखेर गीत बन्थे, समाजमा भएदेखेका सत्य घटना हाम्रा गीत भए ।' उनी अब भने रोयला गायनलाई अगाडि बढाउने सुरमा छन्, आफ्ना पुराना गीतलाई भिडियोमा ल्याउने तयारीमा पनि छन् ।अचेल लोकगीत सुनाउन देशदेशावर गरिरहने कार्कीलाई पाल्पामा हालै नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले अन्य संगीकर्मीसहित सम्मान गरेको थियो । उनले पाल्पा, बुटवल क्ष्ाेत्रमा हुने सांस्कृतिक कार्यक्रममा आफूलाई नबोलाइने गरेकामा भने मन खिन्न बनाए । 'मेरो जन्मथलो यही क्षेत्र हो, बरु पैसा कम दिनुस्, तर हामीलाई सम्भिmदिनुपर्छ,' उनको आग्रह थियो ।
0 प्रतिकृयाहरु