जलविद्युत निर्माण कार्य शुरु भएन, स्थानीय वासी आक्रोशित
Published on
7:05:00 AM //
गाउघर झिलिमीली हुने आशमा लघुजलबिद्युत आयोजनामा लगानी गरेका गुल्मीको सिर्सेनीका बासिन्दा लामो समय सम्म पनि आयोजनाको निमार्ण कार्य सुरु नहुदा आक्रोशित बनेका छन् । गाउमा बिद्युत बालिदिने भन्दै गाविसको वडा नम्बर ६ र ८ का करिब ७० घरधुरिबाट प्रतिघर ५/५ हजारका दरले रकम उठाएका सिर्सेनीका टिका जिसीले लामो समय सम्म पनि लघुजलबिद्युत निमार्ण कार्यमा चासो नदिदा उपभोक्ताहरु आक्रोशित भएका हुन् ।
धुर्कोट बाङग्रा खानेपानि आयोजनाबाट बिद्युत उत्पादन गरि प्रत्येक घरमा ५/५ ओटा बत्ति बालिदिने दिने भन्दै जिसीले रकम लिएको र रकम लिएको ७/८ महिना बितिसक्दा समेत निमार्ण कार्यको थालनी नगरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । रकम उठाएका जिसी भने अहिले गाउामै भएपनि निर्माण कार्यमा कुनै चासो नदिएको स्थानीय शिक्षक धिरेन्द्र भट्टराईले वताउनुभयो ।
0 प्रतिकृयाहरु