लाहुरे लक
Published on
3:53:00 AM //
भीषण राई
'यो त भर्ती पो लाग्लाजस्तो छ' भन्ने वाक्य प्रायः गतिलो ज्यान भएका युवाले घरपरिवारमा ठूलाबडाबाट सुनेकै हुन्छन्। त्यसैले पनि उनीहरूमा मनोवैज्ञानिक रूपमा भर्तीमा भिड्ने सोच पलाएको छ। बाबुबाजेको लाहुरे सानका कारण पनि युवाहरू लाहुरे हुने आकर्षणमा छन्। त्यसैले हट्टाकट्टा ज्यान भएका युवापुस्तामा लाहुर भिड्ने सुर चढिहाल्छ। चर्चित गायक राजेशपायलका भतिजा एडविन राई पनि यो वर्ष भर्ती भिड्न तम्सिएका छन्। लाहुरेको जीवनशैली तथा नाम-दामका कारण पनि आफूलाई भर्ती भिड्न मन लागेको राई बताउँछन्। एडविनजस्ता हजारौं नेपाली अहिले लाहुरे बन्ने लहरमा समाहित छन्। नेपालको बेरोजगारीबाट मुक्ति पाउने दरिलो माध्यम पनि हो यो। भर्ती लागे आकर्षक तलब, अन्तर्राष्ट्रिय जीवनशैली र आफ्नो परिवारको भविष्य सुनिश्चित हुने भएकाले पनि उनीहरूलाई लाहुरे बनिछाड्ने लहरले छोएको हो।
जनजाति युवामध्ये लाहुरे लहरले नछुने कमै हुन्छन्, तर अहिले लाहुरे भर्ती सबैका लागि खुला गरिएकाले अन्य समुदायका युवा पनि यतातिर आकषिर्त भएका छन्, तर लाहुरे बन्न कम कठिन छैन। यस पटक विगतको वर्षभन्दा कम छनौट हुने भएकाले लाहुरे बन्ने काम थप कठिन हुनेछ। यसपटक लाहुरे बन्न चर्को प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ। लाहुरे सपना पूरा गर्न अहिले युवाहरू तालिम केन्द्रमा आफूलाई उपयुक्त बनाउने अभ्यासमा जुटेका छन्। बेलायती सेना र सिंगापुर प्रहरीमा भर्ना हुन यसपल्ट करिब १० हजार तन्नेरीले आफूलाई कडा मेहनतका साथ तयार गरिरहेका छन्। लाहुरे बने समाजमा प्रतिष्ठा बढ्ने भएकाले पनि उनीहरू यसमा होमिएका छन्। नक्कली डकुमेन्ट बनाएर पटक-पटक भिड्ने जमातले पनि यो संख्या बढाइदिने गरेको छ। यसपल्ट आवेदन र्फम भर्दा पासपोर्ट पनि अनिवार्य गरिएकाले झूटा आवेदकको संख्या आधा घटेको जानकारहरू बताउँछन्। त्यसैले वास्तविक आवेदकहरूलाई अवसर थपिएको छ, तर पनि कोटा संख्या भने आधा नै घटेकाले भर्ती लाग्ने सम्भावना कम भएको हो।
गत वर्ष बेलायती सेनामा २ सय ३० जना भर्ती गराइएको थियो भने यस पटक १ सय ७६ जनाको मात्र कोटा छ। गत वर्ष सिंगापुर प्रहरीमा ८० जनाको कोटा रहे पनि यस वर्ष आधा ४० मात्र छ। आवेदन दिन साधारणतः युवाहरूको उचाइ, तौल एवं शैक्षिक कागजपत्र आवश्यक हुन्छ। लाहुरे भर्तीमा सामेल हुन शारीरिक तथा मानसिक तयारी हुनुपर्छ। जसमा युवाको उचाइ ५ दशमलव ३ इन्च, तौल ५० किलोग्राम, उमेर साढे १७ वर्षदेखि २१ वर्ष ननाघेको हुनुपर्छ। एसएलसी परीक्षा उत्तीर्ण हुनैपर्छ भने आँखा, दाँत र छाती स्वस्थ हुनुपर्छ अनि मात्र पहिलो चरणको आवेदन दिन कुनै पनि युवा योग्य हुन्छन्। यसबाहेक शरीर अंगभंग भएकाहरूलाई स्वीकार गरिँदैन भने कुनै पनि फौजदारी तथा सार्वजनिक अपराधमा संलग्न व्यक्ति भर्तीका लागि उपयुक्त मानिँदैनन्।
यसपटक लाहुरे हुन युवाहरूले गएको असारमै आवेदन र्फम भरिसकेका छन्। भर्तीका लागि आवेदन र क्षेत्रीय छनौट नेपालका दुई स्थान पूर्वका लागि धरानमा र पश्चिमका लागि पोखरालाई केन्द्र बनाइएको छ। त्यसैले आवेदकहरूले आफ्नो र्फम पूर्वमा धरानस्थित पुरानो घोपा क्याम्पमा र पश्चिमका लागि पोखरा ब्रिटिस क्याम्पमा भरेका छन्। अब दोस्रो चरणको क्षेत्रीय छनौट भने पोखरा ब्रिटिस क्याम्पमा साउन २६ गतेदेखि भदौ ९ गतेसम्म हुनेछ भने पूर्वाञ्चलको छनौट धरानमा भदौ २२ गतेदेखि असोज ६ गतेसम्म हुनेछ। दोस्रो चरणको छनौटमा एजुकेसन टेस्ट, फिजिकल टेस्ट, नर्मल मेडिकल टेस्ट तथा अन्तरवार्ता आदि हुनेछन्।
एजुकेसन टेस्टमा भर्ती हुन आवेदन दिएका युवाहरूलाई अंग्रेजी, गणित एवं आईक्युसम्बन्धी प्रश्नहरू सोधिनेछन्। फिजिकल टेस्टमा पुलअप (बिम) १२ पटक, सिट अप ७० (दुई मिनेटभित्र) र ८ सय मिटरको रनिङ २ दशमलव ४५ सेकेन्डमा पार गर्नुपर्छ। नर्मल मेडिकल टेस्टमा दाँत तथा आँखाको परीक्षण एवं प्रेसर परीक्षण गरिन्छ। यस क्रममा अन्तरवार्ता पनि लिइन्छ, जसमा आवेदक युवाहरूसँग उनीहरूको पारिवारिक पृष्ठभूमि पेसा एवं परिवारका सम्बन्धमा जानकारी लिइन्छ। यसमा पूर्वतयारीसहित सहभागी हुनु प्रभावकारी हुन्छ।
क्षेत्रीय परीक्षण सकिएपछि परिणाम ब्रिटिस क्याम्पको सूचनापाटी तथा अफिसियल साइट www.army.mod.uk/bgn मा प्रकाशित गरिन्छ। केन्द्रीय छनौटमा सहभागी हुन पाउनेहरूको नाम असोज २३ गते प्रकाशित गरिन्छ। यसमा छनौट भएकाहरूलाई पोखरा बोलाइन्छ। वेबसाइटमा नाम आएकाहरूले मात्र उक्त छनौटमा सहभागी हुने अवसर प्राप्त गर्छन्। छनौटमा परेकाहरूले पोखरा जाँदा आफ्ना सम्पूर्ण डकुमेन्ट बोक्नु अनिवार्य हुन्छ भने लाहुरेका सन्तानले आफ्ना अभिभावकको परिचय खुल्ने परिचयपत्र पनि बोक्नुपर्छ। नागरिकताको प्रमाणपत्र, नेपाली पासपोर्ट, अभिभावकको नागरिकताको प्रमाणपत्र, विवाहित हो भने विवाह दर्ता प्रमाणपत्र, सन्तान भए आफ्नो सन्तानको जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, बसाइँसराइ कागज आदि बोक्नुपर्छ। लाहुरे भर्तीको केन्द्रीय तथा अन्तिम छनौट मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म ब्रिटिस क्याम्प, पोखरामा सञ्चालन हुनेछ, जसमा यसपटक जम्मा ६ सय जना भिड्नेछन्। पोखरामा पनि छनौट भएपछि भने लाहुरे बन्ने पक्का हुन्छ। बाँकीका लागि भने अर्को वर्षका लागि प्रयास गर्नुको विकल्प रहँदैन।
ध्यान दिऊँ
क्षेत्रीय छनौटमा नाम आइसकेपछि भने कुनै पनि उम्मेदवारले आफ्ना बारेमा निकै ख्याल गर्नुपर्ने हुन्छ। क्षेत्रीय छनौटमा पर्नु पनि लाहुरेका लागि आधा तयारी पूरा गर्नु हो। यो समयमा कुनै अवाञ्छनीय गतिविधिमा लाग्नु हुँदैन। लागूपदार्थ पटक्कै सेवन गर्नु हुँदैन। मोटरसाइकल दुर्घटना भएर धेरैले यस्तो छनौटमा सहभागी हुनबाट वञ्चित हुनुपरेका घटना विगतमा घटिसकेका छन्, त्यसैले भरसक बचेर मात्र मोटरसाइकल चलाउनुपर्छ। आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ। यतिबेला साना खालका रोगको समेत राम्रो उपचार गराउनुपर्छ। आवश्यक शिक्षा तथा फिजिकल फिटनेसमा पनि ध्यान दिनु राम्रो हुन्छ।
कुनै पनि ब्रिटिस स्टाफलाई घूस दिने, प्रभावमा पार्ने खालको कार्य गर्नु हुँदैन। कागजपत्र गलत भए पनि निष्कासित हुन सकिन्छ। त्यसैले बेलैमा आफ्ना कागजपत्र मिलाउनु उपयुक्त हुन्छ। आफ्नो वास्तविक कागजपत्र मात्र प्रयोग गर्नुपर्छ। यो समयमा लाहुरे लगाइदिने भन्दै दलालहरू सक्रिय हुने गरेका छन्। त्यस्ता दलाल वा कुनै पनि मध्यस्थकर्तालाई पैसा ख्वाउनु आवश्यक छैन, किनभने छनौट प्रक्रियामा उनीहरूको कुनै हात हुँदैन। केन्द्रीय छनौट जाडो महिनामा पर्ने भएकाले चिसोबाट पनि बच्नुपर्छ भने भरसक उमालेको पानी पिउनुपर्छ। पोखरा जाने सूचीमा नाम आएपछि धेरैले आफ्नो पढाइ रोक्ने गरेका छन्। यसो गर्नु राम्रो होइन। त्यहाँ उत्तीर्ण नै भइन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यसैले आफ्नो अध्ययनलाई पनि सुचारु राख्नुपर्छ। छनौटमा असफल भएपछि धेरै युवामा निराशा छाएको पाइन्छ। निराशाबाट बच्नुपर्छ। त्यसैले त्यहाँ जानुपूर्व नै आफूमा असफलतालाई पनि सजिलै आत्मसात् गर्न सक्ने क्षमता विकास गर्नु राम्रो हुन्छ।
के गरिन्छ पोखरामा ?
पोखराका लागि गेटपास पाइसकेपछि सहभागीले निर्धारित समयमै पोखरा पुग्नुपर्छ। अहिले केही नियम फेरिएको छ। अहिले केन्द्रीय छनौटमा सहभागीहरूले स्वीमिङको पनि ज्ञान लिनु आवश्यक हुन्छ। क्याम्पभित्र छिर्नुअघि सम्पूर्ण कागजपत्र मुख्य गेटमै जाँच गरिन्छ। भित्र पसेपछि हलुका लाहुरे जीवन सुरु हुन्छ। त्यहाँ अगाडि-पछाडि प्रस्ट देखिने गरी नम्बर प्रदान गरी लाइन मिलाएर राखिन्छ। कुनै गलत काम गरे गुरुजीले नम्बर नोट गर्छन्, त्यसबाट जोगिनुपर्छ। त्यहाँ स्लिपिङ बेड, ओड्ने कम्बल, थाल, मग प्रदान गरिन्छ। खाना खान जाँदा-आउँदा बाटोमा निकै ख्याल गर्नुपर्छ। लाइनमा मार्च गर्दै हिंड्दा यताउता गर्नु हुँदैन। लाइनमा खाना थाप्दा अगाडि वा पछाडिका साथीलाई धकेल्नु पनि हुँदैन। ब्रिटिस नियम निकै कडा हुने भएकाले साधारण गलत कदमले पनि निष्कासनमा पर्ने सम्भावना हुन्छ। खाना खाएपछि आफ्नो थाल, बटुका आफैंले धोएर पुनः आफ्नो लाइनमा उभिनुपर्छ। आफ्नो प्लाटुन हेर्ने गुरुजीलाई सधैं सम्मान गर्नुका साथै उनको आदेश मान्नुपर्छ। यदि उनले गलत रिपोर्ट गरे असफल हुन सकिन्छ।
केन्द्रीय छनौटमा सम्पूर्ण रूपमा गहिरो रूपमा भर्तीमा भिड्ने युवाहरूको स्वास्थ्य परीक्षण एवं आवश्यक शिक्षा जाँच गरिन्छ। शिक्षा जाँचमा सुनाइ, लेखाइ तथा आईक्यू टेस्टहरू सञ्चालन गरिन्छ। लगत्तै स्वास्थ्य परीक्षणमा पिसाब, आँखा, कान, छाती, अण्डकोष आदिको जाँच गरिन्छ। मेडिकलमा पनि उत्तीर्ण भएपछि भने छनौटमा परेका बाँकी सहभागीहरूलाई त्यहाँ बीएफटी (रनिङ), डोको क्यारीमा सहभागी गराइन्छ। यसमा पनि उत्तीर्ण भएपछि अन्त्यमा ग्रेडअनुसार फेरि छनौट गरिन्छ र उच्च अंक ल्याएकाहरूलाई मात्र लाहुरे भर्तीमा लगिन्छ। यसमा छनौट भएपछि बेलायती सेना तथा सिंगापुर प्रहरीमा भर्ना पाइन्छ। बेलायती सेनाको तलब १ लाख २० हजार रुपैयाँ हुने गरेको छ भने सिंगापुर प्रहरीको ५० हजार मात्र हुन्छ।
लाहुरे भर्तीमा सफलता प्रदान गर्ने उद्देश्यले फिट एन्ड फाइन तुल्याउन आवेदनकर्ताहरूलाई तालिम सेन्टरहरूले उपयुक्त शिक्षा तथा फिजिकल फिटनेससम्बन्धी जानकारी प्रदान गर्छन्। यसबाहेक उनीहरूलाई अरू कुरामा पनि सेन्टरले आवश्यक परामर्श दिने काम गर्छन्। यसै सम्बन्धमा गोर्खाएक्सनका प्रबन्ध निर्देशक प्रकाश थापासँग छोटो कुराकानीः
तालिम सेन्टरले भर्तीमा भिड्ने युवालाई कसरी सहयोग पुर्याउँछ ?
हामी मुख्य रूपमा उनीहरूलाई छनौट गरेर लिन्छौं। पहिले नै आवश्यक योग्यता बुझेर मात्र भर्ना गराउँछौ। त्यसपछि उनीहरूलाई आवश्यक शिक्षा, मेडिकल, अन्तर्वार्ता आदिजस्ता शिक्षा प्रदान गरेर सहयोग गर्छौं।
तालिम लिँदैमा उत्तीर्ण हुने ग्यारेन्टी छ ?
हामी दैनिक चार घण्टा फिजिकल र एजुकेसन शिक्षा प्रदान गर्छौं। हामी पोखरामा गरिने सम्पूर्ण आवश्यक व्यावहारिक ज्ञान प्रदान गर्ने प्रयास गरिरहेका छौं।
भर्ती संख्याभन्दा असफल हुनेहरू बढी हुन्छन्, उनीहरूका लागि कुनै योजना छ ?
सबै लाहुरे हुन त सक्दैनन्, तर पनि पोखरामा असफल भएका कतिपय युवा बिग्रिने पनि गरेका छन्। अब हाम्रो सेन्टरले त्यस्ता युवाहरूलाई लक्षित गर्दै स्किलसम्बन्धी तालिम पनि दिने तयारी गरिरहेको छ।
साप्ताहिकबाट साभार

0 प्रतिकृयाहरु