गुल्मीमा बढ्यो बाँदर आतङ्क
Published on
3:03:00 PM //
खेतबारीमा लगाएको बाली घर भित्राउने बेलामा गुल्मीका अधिकांश किसानलाई बाँदरले दुख दिन थालेको छ । गुल्मीको घमिर, दर्लिङ, छापहिले, बडागाउँ, मुसीकोट, हस्थिचौर, अर्खले लगायतका विभिन्न गाविसमा लगाइएको खेती बाँदरले तहस नहस पार्दा किसान चिन्तित बनेका छन् । पहाडी इलाकाको मुख्य खाद्यन्न बाली मकै बाँदर तथा दुम्सीले खाइदिएपछि जहान पाल्नसमेत गाह्रो भएको बडागाउँका किसानले बताए । तर यसको रोकथामको उपयुक्त विकल्प पत्ता लगाउन नसकिरहेको जिल्ला कृषि विकास कार्यलय गुल्मीले जनाएको छ ।
0 प्रतिकृयाहरु