तम्घास नगरपालिका घोषणा
Published on
4:42:00 PM //
सरकारले बजेटमार्फत गुल्मीको तम्घाससँगै ४१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । २०५८ सालमा प्रा. सूर्यलाल अमात्यको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको सिफारिस अनुसार सरकारले नयाँ नगरपालिका घोषणा गरेको हो । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास गाविसलाई तम्घास नगरपालिका घोषणा गरिएको हो । त्यसैगरी छिमेकी जिल्ला अर्घाखाँचिको सदरमुकाम सन्धिखर्क स्थित सन्धिखर्क गाविसलाई पनि सन्धिखर्क नगरपालिका घोषणा गरिएको छ ।
काठमाडौंमा साँखु क्षेत्रका गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरिएको छ। त्यस्तै ललितपुर भैंसेपाटी क्षेत्रका केही गाविस मिलाएर कार्यविनायक नगरपालिका घोषणा भएको छ। ललितपुरमै अर्को चम्पापुर नगरपालिका थपिएको छ।
स्थानीय विकास मन्त्रालयका उपसचिव राजकुमार श्रेष्ठका अनुसार थपिएका नगरपालिकामा ताप्लेजुङ, फिदिम (पाँचथर), बिर्तामोड (झापा), उर्लाबारी (मोरङ), म्याङलुङ (तेह्रथुम), भोजपुर, दिक्तेल (खोटाङ) छन्।
त्यस्तै उदयपुर कटारी, सप्तरी कन्चनपुर रुपनगर र मोहनपुर कल्याणपुर, सिरहाको रामनगर मिर्चैया पनि नगरपालिका घोषणा भएका छन्। धनुषामा धनुषाधाम र सखुवा महेन्द्रनगर दुई थपिएका छन्। महोत्तरीमा निगौल गौशाला, रामेछापको मन्थली, सर्लाही हरिऔन, रौतहट चन्द्रनिगाहपुर, बारा जीतपुर पनि नगरपालिका भएका छन्।
धादिङको निलकण्ठ, सिन्धुपाल्चोक चौतारा, काभ्रे पाँचखाल पनि नगरपालिका भएका छन्। काभ्रेमा पाँचखाल नगरपालिका भएपछि जिल्लामा चार नगरपालिका भएका छन्। तनहुँमा खैरेनीटार दुलेगौंडा, बन्दीपुर गरी दुई नगरपालिका बनाइएको छ। लमजुङको बेंसीसहरलाई पनि नगरपालिका बनाइएको छ।
पर्वतको कुस्मा, म्याग्दी बेनी, गुल्मी तम्घास, अर्घाखाँची सन्धीखर्क, नवलपरासी गैंडाकोट र सुनौल पनि नगरपालिका भएका छन्। त्यस्तै प्युठान, सल्यान, बाँके कोहलपुर, बर्दिया राजापुर, बझाङ चैनपुर, अछाम मंगलसेन र साफेँबगर र जुम्लाको चन्दननाथ नगरपालिका भएका छन्।
Thank so much, i am glad hearing that.
ReplyDeleteThank so much, i am glad hearing that.
ReplyDeleteHIRA KARKI(USA)
तम्घासलाई नगरपालिका घोषणा गरेको सुन्न पाउदा खुसी लागेयो...
ReplyDeletekhusi kagyo hamro tamghas pani nagar palika baneko ma ani sampurna tamghas basi sathai sampurna gulmi basilai shuvakamana chha.
ReplyDelete