निशा र दिया अब लेस्बियन
Published on
2:51:00 AM //
पछिल्लो समय नेपाली फिल्मले प्रविधिका साथै विषयवस्तुमा पनि केही नयाँपन अपनाउन थालेको छ । बिहीबारदेखि छायांकन थालिने फिल्म 'हिउँका फूलहरू' ले लेस्बियनको कथालाई उठान गर्ने भएको छ । नायिकाद्वय निशा अधिकारी र दिया मास्केले त्यसमा मुख्य भूमिका निर्वाह गर्नेछन् ।
![diya-maskey-and-nisha-adhik.jpg](webkit-fake-url://0424EEC3-D4C4-4B49-9427-232685A09FD7/diya-maskey-and-nisha-adhik.jpg)
मुख्यतः दुई युवतीमै केन्दि्रत हुने फिल्मका लागि सौगात मल्ल, बीएस राणा, लक्ष्मी गिरीसहित सभासद सुनीलबाबु पन्तको अभिनय रहनेछ । राजबल्लभ कोइराला र नम्रता श्रेष्ठ विशेष भूमिकामा प्रस्तुत हुने निर्देशकले जानकारी दिए । फ्रान्समा चलचित्र अध्ययन गरेका सुवर्णले यसअघि सरुभक्तको चर्चित नाटक 'मलामी' माथि लघुफिल्म 'फ्युनरल' बनाएका थिए । २० मिनेट लामो फिल्मले फ्रान्समा ग्रान्ड प्राइज र इटालीको फिल्म फेस्टिभलमा 'पब्लिक प्राइज' पाएको थियो ।
(कान्तिपुर दैनिकबाट साभार)
0 प्रतिकृयाहरु