बाबु मेरो चिन्ता नगरेस्
Published on
1:45:00 AM //
मधुवन पौडेल
भित्तामा अडेस लागेर आफ्नो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखाअगाडि खाटमा लम्पसार पररिहेका ८४ वर्षिय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार पारेर बसिरहेका अन्य थुप्रै गाउँले र पि्रयजन थिए। बाबु जीवन र मृत्युको दोसाँधमा थिए अनि वसन्तचाहिँ सबैको अनुहार ताक्दै उनीहरूले बारम्बार आफ्ना बाबुका बारे व्यक्त गररिहेका विभिन्न प्रतिक्रिया चाहेर/नचाहेर सुनिरहेको थियो। प्रत्येकपल्ट नेपाल आउँदा सुनिने त्यस्ता प्रतिक्रियाबाट वास्तवमा ऊ अभ्यस्त पनि भइसकेको थियो।
एउटा भन्थ्यो, "डिट्ठाबाले के मात्र गरेनन् छोराछोरीका लागि ! पढाएर/लेखाएर सबैलाई एक्लै हुर्काए विचराले ! तर, के गर्नू ? विधिको विडम्बना ! आफ्नो जीवनको अन्तिम सास जाने बेला कोही पनि वरपिर िछैनन् ! तै वसन्त बाबुचाहिँ आइपुग्नु भएछ !"
अर्को भन्थ्यो, "यस्तै हो, हिजोेआज रमाकान्त काका ! सबै आफ्नै धुनमा हुन्छन्, कसलाई पो आफ्ना बाबुआमाको बुढ्यौलीको चिन्ता हुन्छ र ? त्यसमा पनि विदेशिइसकेका त त्यतैको संसारमा मस्त भएका हुन्छन्।"
बिहानैदेखि यस्तै यस्तै कुनै नरम र कुनै तिक्त प्रतिक्रिया भइ नै रहन्थे, कुनै नयाँ कुरा थिएन।
वसन्तलाई मनमनै रसि उठेर आउँथ्यो। बित्थामा ती सबैले आफ्नो घरको कुरामा चासो देखाइरहेको उसलाई मन पर्दैन। ऊ मनमनै सोच्थ्यो, "कसरी नेपाल उँभो लाग्छ यसरी ?" वसन्त आफैँ पनि कामविशेेषले छिमेकी देशसम्म आइसकेकाले केही दिन मात्र छुट्टी मिलाएर आएको थियोे। दाजु र बहिनीहरू तीनै जना आ-आफ्नै काममा व्यस्त थिए। फेर िभनेको बेलामा आउन पनि त्यति सजिलो कहाँ हुन्छ र ? कसले बुझ्ने र विवरण भर्ने यस्ता कुराहरू ? ऊ यस्तै कुरा सोचेर घोत्लिरहन्थ्यो। पेसाले वसन्त एउटा शिक्षक हो, मनोविज्ञान र दर्शनशास्त्र पढाउँछ विदेशमा, उसले २० वर्षदेखि ! उसको मनमा आफूले पढाउने गरेका कुराहरू खेल्न थाल्छन्।
"मुत्यु त मानवजीवनको स्वाभाविक प्रक्रिया हो, मृत्युबारे डराउने वा चिन्ता किन लिने ? यो कुनै खराब होइन, सबैले एकदिन मरेर जानुपर्छ र यसमा त्यति संवेदनशील हुनुको कुनै अर्थ छैन, आदि आदि।"
तर, वसन्त अहिले यहाँ यो कुरा भन्न सक्दैन। घरको परविेश हेर्दा र प्रतिक्रिया सुन्दा सबैले दाजु, भाइ, बहिनीहरू र उसलाई नै तारो बनाएजस्तो अनुभव हुन्थ्यो वसन्तलाई ! बाबुलाई वसन्तले पटकपटक आफू बसेको देश लगिसकेको थियो। तर, के गर्ने ? उनी कहिल्यै दुई महिनाभन्दा बढी टिक्दैनथे। घरका सबैजना आ-आफ्ना काममा लागेपछि उनी विरक्तिएर घर र्फकन जिद्दी गर्ने गर्थे। एकपटक त सबै मिलेर वृद्धहरू बस्ने एउटा राम्रो ठाउँमा स्याहारसुसार गर्ने गरी राखिदिने कुरा पनि भएको हो तर उसका बाबुले नमानेर आफ्नै माटोमा गएर मर्छु भनेर फर्किए।
घरमा पनि हेरचाह गर्ने मानिस नभएका होइनन्। आफूनजिकका नातेदार, कुलकुटुम्बलाई अलिकति जग्गा-जमिन दिएर सानो घरसमेत बनाइदिएका थिए उनीहरू सबै मिलेर ! तिनीहरूले पनि राम्रो हेरचाह गररिहेकै थिए। बाबुले पनि कहिल्यै त्यसबारे केही प्रतिवाद गरेका थिएनन्। उसलाई मनमनै रीस उठिरहेको थियो, "यी यहाँ भेला भएका मान्छेलाई किन टाउको दुखेको होला ? संसार कहाँबाट कहाँ पुगिसक्यो, यी भने जहाँको तहीँ छन् !"
वसन्तलाई जसरी भए पनि तीन दिनपछि हिँड्नैपर्ने थियो, नत्र उताको खप्की र जागिर पनि खतरामा पर्न सक्थ्यो। तर, बाबुको अवस्थामा सुधार होला भन्ने खासै कुनै लक्षण पनि थिएन। हिजोसम्म उसको कपाल मुसाररिहेका उसका बाबुको रातीदेखि नै वाक्य बन्द भएको थियो। त्यसमा पनि बिरामी हेर्न आउने मान्छेले बोलेका कुराले उनको मन कति कँुडिएको होला भन्ने उनका आँखाबाट बगिरहेको बलिन्द्रधारा आँसुले झल्काउँथे। तर, ऊ पनि के पो गरोस् !
३० वर्षअगाडि घर छाडेर हिँडेको दिनका दृश्य वसन्तका आँखाअगाडि नाच्न थाल्छन्, "मेरो चिन्ता नगरेस्, तेरो राम्रो होस्, त्यसैमा मलाई सन्तोष हुन्छ। बरु दाजुले जस्तो नगरेस्, दुईवटी बहिनी छन्। उनीहरूलाई पार लगाउने जिम्माचाहिँ तँलाई दिन्छु, पछि नाइँनास्ती नगरेस्।"
वसन्तको दाजुले दुई वर्षदेखि बाबुको खासै चासो राखेको थिएन भन्ने उसका बाबुको सोचाइ थियो। तर, वसन्तलाई भने राम्ररी थाहा थियो, विचरा दाजु पढाइ र अरू ऋणमा चुर्लुम्म भएर केही सहयोग गर्न सक्ने अवस्थामा पनि थिएनन्, त्यसमा पनि भाउजूको अलि बढ्तै नियन्त्रण पनि थियो। बाबुलाई पनि छोराको कमाइ चाहिएको होइन, जेजति पाए पनि यताउति दान गर्ने गरििदन्थे उनी। उनलाई सम्पत्तिको अपुग थिएन तर छोराले कमाइ गरेपछि केही अंश बाबुआमालाई दिनुपर्छ भन्ने सोचाइ भएको समाजको एक अंग नै थिए डिट्ठा बा।
"ए ! त्यति ठूलो कमाइ भएर पनि तपाईंलाई सुको पैसा पठाउन्न ठूलोले ?" गाउँले र इष्टमित्रले बेलाबेलामा डिट्ठा बालाई उचाल्ने गर्थे रे !
यो संसार र त्यो संसार ! कसले बुभmने यसभित्र अन्तरनिहित तथ्य एवं यथार्थ ? जतिसुकै गरे पनि आखिर व्यक्तिवादी समाज र रहन-सहनले एकदिन न एकदिन सबैलाई लपेटिहाल्छ नि ! त्यहाँ जति कमाए पनि कहाँ कहाँ जान्छ भनेर कतिलाई सम्झाउनु र सम्झाउनु पनि किन ? तर, आफ्नो वृद्धावस्थामा सबै लालाबाला अगाडि हुन् भन्ने चाहना उसका बाबुमा मात्र होइन, सबैमा हुन्छ भन्ने उसले बुझेको थियो। ऊ एउटा यस्तो संसारमा थियो, जहाँ व्यक्तिजति सधँै नै ऋणमा झन्झन् डुबिरहेका हुन्थे, सरकार र बैँक भने झन्झन् मोटाउँथे।
यत्तिकैमा फोनको घन्टी बज्यो। वसन्तले बाबुको मुख हेर्दै फोन उठायो।
"दाजु, बाबुलाई कस्तो छ ?"
"आज रातीदेखि बोल्नुभएको छैन, म तिम्रो आवाज सुनाइदिन्छु। पख त ...!" वसन्तले जुरुक्क उठेर बाबुको काननजिकै रििसभर राखिदियो।
"बहिनीको फोन, सिकागोबाट !" बहिनीले के भनी अनि बाबुले के सुने वसन्तले केही पत्तो पाएन।
एकछिनपछि फेर िफोन फिर्ता लिएर ऊ कोठाबाट बाहिरयिो बहिनीसँग अझै कुरो गर्ने विचारले 'दाजु, अलि छिटो र्फकन मिल्दैन ? सुजनाको स्वीट् सिक्स्िटनको पार्टी भ्याउनुहोला भनेको त !' "कस्तो कुरा गर्छे ! बरु मेरो कलेजको प्रेसिडेन्टलाई भेटेर बिदा थप गराउनुपर्ला जस्तो छ, सबलाई कसरी छाडेर आउनु यस्तो अवस्थामा ?"
फोन काटिइसकेको थियो। उसले खास चासो पनि राखेन। बरन्डाबाट र्फकंदा कोठाभित्रको गाइँगुइँ उसका कानमा बजेका थिए, "कस्ती नकच्चरी हगि छोरी भएर पनि ? आफू आउनु त कता हो कता, उल्टो यता भएको दाजुलाई समेत उतै फिर्ता बोलाएकी जस्तो छ !"
"ए वसन्तबाबु, तिमीलाई खोज्नु भएजस्तो छ डिट्ठा बाजेले !" एक जना छिमेकी उसलाई बोलाउँदै थिए। वसन्तले भित्र पस्नासाथ बाबुले हातको दृष्टान्तले उसलाई केही भन्न खोजेजस्तो देखियो। उनी छोरालाई जानु भन्दै थिए। हत्केला हल्लाएको संकेतले त्यसै भन्थ्यो। उसका बाबुलाई सायद यतै अल्झेर छोरो बढी चिन्तित भएर नबसोस् भन्ने लागेको थियो।
"लौ न रसिाएजस्तो छ नि ?" त्यहीँ बसिरहेको एउटाले प्वाक्क थप्यो।
वसन्त केही नबोली आफ्नो ठाउँमा गएर बस्यो। उसलाई राम्रै सम्झना थियो, पाँच वर्षअगाडि ऊ र ठूली बहिनी आउँदा बाबु कति खुसी भएका थिए। तर, र्फकने बेला पनि उनले केही दिक्क मानेका थिएनन्।
"राम्रोसँग जाओ, मेरा केही चिन्ता नगर्नु। बरु बेलाबेलामा आफ्नो स्वर सुनाउने गर्नू है?"
बाबुले सबै कुरा बुझेका थिए, देखेका पनि थिए। त्यसैले पनि वसन्तलाई ठूलो सन्तुष्टि हुने गथ्र्याे। तर, त्यहाँ भेला भएका कसले बुझ्थे र यस्ता कुरा ! बाबुले नबुझे नजानेको भए किन चारै सन्तानलाई विदेशिन दिन्थे होलान् र ?
त्यसपछि पनि बाबुले कहिल्यै छोराछोरीले हेरेनन् भनेर गुनासो गरेका थिएनन्। हुन त आफ्ना सन्तानलाई देख्ने, हेर्ने इच्छा कसलाई हुन्न र ? त्यसैले पनि छोराछोरीले बोलाउने गर्दा थोरै समयका लागि भए पनि उनी जान्न भन्ने गर्दैनथे। बरू, उनी छिट्टै फर्केर आफ्नै परविेश, आफ्नै साथीसंगाती र समाजमा बस्न रुचाउने भएकाले केही समयपछि नै फर्किहाल्ने गर्थे।
पुराना कुरा मनमा खेलाउँदै गर्दा वसन्तका कानमा अनायास केही शब्दजस्तै गरी गँुजिए, "बाबु डिट्ठाबालाई तल लग्नुपर्यो !"
ऊ हतारमा जुरुक्क उठ्यो र नजिक गएर एकपटक बाबुलाई नियालेर हेर्यो। बाबुको प्राणपखेरु उडिसकेको थियो। वसन्तले लामो सास फेर्यो अनि आफ्नो बाबुको जीर्ण पार्थिव शरीरमाथि घोप्टियो। ढिलोचाँडो एक न एकदिन यस्तो त हुनु नै थियो। उसका कानमा बाबुका यिनै शब्द गुञ्जिरहेका थिए, "बाबु तँ राम्ररी गएस् है ? मेरो चिन्ता नगरेस् !"
0 प्रतिकृयाहरु