कविता
Published on
2:14:00 AM //
-होमनाथ कुँवर
मनकामना केबुल कार मा भेट हाम्रो भा'को अरे,
सोमबार को ब्रत बसी उनले मलाई पा'को अरे ।
मेरो माया अन्त छ कि भन्ने डर लागे पछि,
मेरो घर चोकको गल्ली उनले धा'को अरे ।
उनको मनको मझेरीमा बस्छु अरे सधैं भरी,
नछुटोस् यो साथ भनि उनले कसम खा'को अरे ।
मन पराईन उनले मलाई अन्जान मै अनायास ,
हाम्रो भेट भए देखि म उनको मनमा छा'को अरे
हस्तिचौर १
हाल खाडी मुलुक
दुबइ
0 प्रतिकृयाहरु