कविता
Published on
4:23:00 AM //
-रेशम श्रीस
धैर्य धारमा
जँघारहरु छिचोल्दै
जिजिबिसाको लागि
अंबर, सागर
मरुभुमी खोताल्दै
अबिनाशी सपनाहरु
उत्कर्षमा पुर्याउने
अठोट सहित
हर चक्रब्युहहरु
पथबाट पन्छ्याउदै
घनघोर अन्धेरीहरु
पहिलाउन एक
दक्ष,निदेश,उत्कृष्ट
मार्ग निर्देशक
भेट्ने लालसामा
यी रहरहरु
कयौन टाढा-टाढा
निरन्तर दौडिरहेछन्
अरेखी त्रिश्नाहरु
उग्र गतिमा
गन्तब्य खोजिरहेछन्
म
दायित्व पुरक परिबन्धहरु
आत्मधारण गरेर
पुन सपनाहरुको
नयाँ बिम्बहरु
उठाइ रहेछु
हिम चुचुराका
चिसा सिरेटाहरु
धुपी र सल्लोका
ति क्रन्दन्हरु
जन्मभुमिमै
थाती राखेर
मरुभुमी मांझ
चौपायाहरु नियाली
नाँगा पाउहरु सेकाइरहेछु
अलिक बेरसम्म
आशान्त स्पन्दनलाई
बश्याउने कोसीस
आँफैमा एक युद्ध झै
भानाभुती हुँदैछ
औचत्यहिन सोचहरु
तातो बालुवामा
हजारौ फिट तल
दफनाएर फेरी
नौला उदेश्यपथमा
दरिला पाखुरीहरु
आकाशतिर तेर्साउदै
नौलो परिवर्तनको
उद्घाटन भो
उनै सपना,रहरहरुसँग
नयाँ सोच थपिएको छ
आफ्नै एकाग्र
लक्ष्य र उदेश्यमा
खटिएर त्यंहा
जय स्तम्भ
खडाउने चाहनामा
रहरहरु दौडिरहेछन्
निरन्तर नदी झै,,,,,
भार्से, गुल्मी ।
हाल: बहराईन
0 प्रतिकृयाहरु