दैनिक दुई घण्टा पैदल हिँडेर बिद्यालय
Published on
2:30:00 PM //
गगनशिला खड्का
गुल्मीको अति विकट ठाउँ क्षेत्र नं ३ को इश्मारजस्थल गाविस पाहाकटेरीका स्थानीय वासिन्दाहरु दुई घण्टाको पैदल हिडेर उपचारका लागि अस्पत्ताल पुग्ने गरेका छन । इश्मा रजस्थल गाविस वार्ड नं ९ पाहाकटेरीका स्थानीय वासिन्दाहरु सडकको असुबिधाका कारण दुई घण्टाको पैदल हिडेर अस्पत्ताल पुग्न बाध्य भएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन । ६० प्रतिशत मानिसहरुको बसोबास रहेको पाहकटेरीमा सडक सुविधा राम्रो नहुदाँ सुत्केरी गराउन समेत गार्हो भएको इश्मा रजस्थल ९ पाहाकटेरी निवासी राधिका कुँवरले बताईन । उनले भनिन “यहाँ बाट अस्पत्ताल जान २ घण्टा हिड्नु पर्दछ, हेर्नुस न हामीलाई त सुत्केरी हुदाँ समेत मरीन्छ की वाचिन्छ थाहाँ नै हुदैन ।”
यस्तो छ पाहाकटेरीका बासिन्दाहरु हिंड्ने बाटो । |
खोल्सा खोल्सी र भिरको बाटो । |
सडक अभावकै कारण पाहाकटेरीका स्थानीय वासिन्दाहरुले अहिले सम्म पनि सिकिस्त विरामीलाई डोकोमा बोकेर अस्पत्ताल लैजाने गर्दछन । विरामी हुदाँ सजिलै उपचार नपाउने पाहाकटेरीका स्थानीय वासिन्दा शैक्षिक रुपमा पनि त्यतीनै आझेलमा परेका छन । आफ्नै गाविसमा माध्यमिक विधालय भएपनि त्यहाँका विद्यार्थी भने प्राथमिक तह पढ्न पनि छिमेकी गाविस दोहोली र अर्जैमा जानुपर्ने बाध्यता रहेको छ । इश्मा रजस्थल गाविस विकासका दृष्टीकोणले त्यती पछाडि नपरे पनि त्यही गाविस अन्र्तगत पर्ने एउटा गाउँ भने सबै कुरामा पिछडिएको छ । चुनाबका बेला भोट माग्न आफ्नो गाउँमा आएर मिठा—मिठा भाषण गर्ने राजनितिक दलका नेताहरुले चुनाब जितेपछि एक पटक पनि गाउँ फर्केर नआएको त्यहाँका स्थानीय वासिन्दा बताउछन ।
लौ हेर्नुस् त कती डर लाग्दो छ यो बाटो, बाटो जस्तो पनि देखिदैन । |
सम्बन्धित निकायको ध्यान कहिले पुग्ने खोइ ? सबै तस्बिरहरु: गगनशिला खड्का |
पत्रकारिता को बेईजेत्त.............किन बढाई चढाई गरेर लेख्नु परेको होला .....उसो भय इस्मा को पहकतेरी मा कोहि पनि गर्भवती महिला छैनन् ??????????????????????क्या मजाक है ...........
ReplyDelete