खोलाले बस बगायो
Published on
3:30:00 PM //
गगनशिला खड्का
गत तिन दिन अघिदेखी परेको अविरल बर्षाका कारण गुल्मीको लिम्घा गाविसमा एक बस बाढिले बगाएर पुरिएको छ । गत तिनदेखी परेको अविरल वर्षाका कारण लिम्घा गाविस वार्ड नं ७ को नार्डेवा खोलाले बुटवल बाट गुल्मीको मजुवाका लागि छुटेको लु १ ख २४२१ नं को बस सडक बाट करीब ७५ मिटर तल बगाएको हो । तिनदिन देखी बस बगाएको भएपनि उद्धारका लागि डोजर घटनास्थलमा नपुगेको हुदाँ बसको उद्धार गर्न नसकिएको प्रहरी चौकी मजुवाले जनाएको छ । खोलामा रहेको उक्त बसलाई निकाल्नका लागि डोजर मगाईएको समेत स्थानीय वासिन्दा हेम त्यागीले बताए ।
0 प्रतिकृयाहरु