गुल्मीमा व्यावसायिक गाईपालनले सफल
Published on
5:49:00 PM //
केही समय अघिसम्म पांच लिटर दुध जम्मा गर्न सिंगो गाउ डुल्नुपर्ने गुल्मीमा अहिले एकै परिवारले दैनिक दश लिटरसम्म दुध बिक्रि गर्न लागेका छन् । परम्परागत भैंसी पालन गरेका किसानले अहिले उन्नत जातका गाईपालन गर्न लागेपछि दुग्ध उत्पादनमा वृद्धि भएको हो। जिल्ला पशु सेवा कार्यालयले उन्नत जातका गाइपालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेपछि गुल्मीमा गाईपालनले व्यावसायिक सफलता प्राप्त गरेको हो।

थानापति गाविस एक जना किसान दुई वटा गाई पालेर दुध विक्रि गरी मासिक रुपमा २५ देखी ३० हजार रुपैया आम्दानी गर्न सफल भएको वताउछन्। गुल्मी जिल्लामा व्यावसायिक रुपमा गाईपालन गर्नेहरुको संख्या एक सयभन्दा बढी पुगेको छ भने दैनिक एक हजार लिटरभन्दा वढी दुध उत्पादन हुन थालेको छ। युवाहरु व्यावसायिक पशुपालन कार्यमा संग्लन हुन थालेपछि किसानले जिल्लामा उत्पादित दुध पोखरासम्म पुर्याउने तयारी गरेका छन्।
0 प्रतिकृयाहरु