बार्षिक उत्सवको पाँचौ दिन, शिक्षा कार्यालयको अवलोकल
Published on
9:58:00 AM //
मनोज बस्नेत
सामुदायिक रेडियो स्काई ८८.४ मेगाहर्जले वार्षिक उत्सवको अवसर पारेर जिल्ला शिक्षा कार्यालयको अवलोकन गरेको छ । वार्षिक उत्सवको पाँचौँ दिन भएको अवलोकनमा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले जिल्लाको शैक्षिक स्तर सुधारको लागी आफु लागि परेको वताउनुभएको थियो ।

सामाजिक न्यायका लागी सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो स्काई सामाजिक सद्भाव र आर्थिक समृद्धिका लागी समावेशी आवाज भन्ने मुल नाराका साथ २०६७ साल असार २३ गतेदेखि परिक्षण शुरु गरी २०६७ साल असोज १ गते नियमित प्रसारण गरेको थियो । नियमित प्रशारणको प्रथम वार्षिक उत्सवको अवसरमा रेडियोले सात गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।