एउटा यस्तो मानिस
Published on
3:14:00 AM //
टीकाराम उदासी
जितबहादुर सिजाली मगरको घर स्याङ्जा जिल्लाअर्न्तर्गत आलमदेवी गाविसको कोटाकोट बेसी भन्ने गाँउमा थियो तर उनको जन्म भने गुल्मी जिल्लाअर्न्तर्गत लुम्पेक गाविस सुँगुरे पानी ग्याँजामा रहेको एक ओडारमा भएको थियो वि.स.ं १९८८ जेष्ठ २ गते विहीबारका दिन । त्यो उनको मावलीघर नजिकै रहेको थियो । उनको न्वारान पनि मावलमै भएको थियो । हिड्ने भएपछि मात्रै उनी आमासँग आफ्नो घरमा गएका थिए । मावलीमा हुँदा लोट्छ भनेर जितबहादुरलाई आफ्नी आमाले डोकाले छोपेर पनि राख्थिन् । उनकी आमा त्यतिबेला धेरै माइतमा बस्थिन् । उनको बुबाको जागिर पाल्पामा भएकाले पनि यस्तो भएको हुनसक्छ ।
उनको बुबाको नाम प्रेमसिंह सिजाली मगर र आमाको नाम छली सिजाली मगर हो । विवाहअघि आमाको थर सिजापति मगर थियो । साथै जितबहादुरका बाजेको नाम भवानसिंह सिजाली मगर थियो । दर्ुइ भाइ बाजेमध्ये कान्छा नै उनका बाजे थिए । उनका बुबाले स्याङ्जाका साथै तानसेनमा गएर पनि जैसी विद्या पढेका थिए । साथै उनी तानसेनमा बहिदार थिए । तर पेटको रोगका कारण ३६ वर्षो अल्प्ाायुमै वितेका थिए भने आमा पनि ३२, ३३ वर्षै कलिलो उमेरमै बितेकी थिइन् । यसरी सानै उमेरमा जितबहादुर टुहुरा बनेका थिए ।
जितबहादुर सिजाली मगरका तीनचार वटी बहिनी र तीनचार भाइ पनि जन्मिएका थिए तर कोही पनि बचेनन् । उनी मात्रै एक्लो सन्तानका रुपमा बाँचेका थिए । यसरी बुबाआमाको पनि अल्पायुमै मृत्यु भएका कारण जितबहादुर कलिलै उमेरमा एक्ला बनेका थिए ।
उनका बुबाहरु चार दाजुभाइ थिए- रणबहादुर सिजाली मगर जेठा, रणसिंङ सिजाली मगर माहिला, प्रेमसिङ सिजाली मगर साहिला र देवीबहादुर सिजाली मगर कान्छा । जेठा बुबा रणबहादुर किसान थिए र उनले दर्ुइ विवाह गरेका थिए । यस्तै माहिला बुबा रणसिङ भारत काश्मिरमा सैनिक थिए । उनी हवल्दार पेन्सन आएका थिए । ७ वटी श्रीमती विवाह गरेपछि मात्रै उनका छोराछोरी भएका थिए । आफ्ना बुबाले पनि दर्ुइ श्रीमती लिएका थिए र उनी पाल्पामा बहिदार थिए । उनका कान्छा बुबा देवीबहादुर चाँहि कलकत्ता पुलिसमा जागिरे थिए । तर उनी पेन्सन नपकाएरै घर फर्किएका थिए । उनले पनि दर्ुइवटी विवाह गरेका थिए । यसरी उनको पारिवारिक अवस्था हर्ेदा खानलाउन पुग्ने खालकै थियो ।
खानलाउन पुग्ने पारिवारिक वातावरणमा हर्ुर्किएका जितबहादुरको बाल्यकाल सामान्यतया राम्रैगरी व्यतीत भएको देखिन्छ ।
शिक्षादीक्षा
मावलीमै जन्मिएका जितबहादुर सिजाली मगर हिड्ने भएपछि भने आफ्नै घर फर्किए । आफ्नै घरआगँनको धुलोमाटोसँग लडीबुडी खेल्दाखेल्दै जसोतसो उनको बाल्यकाल बित्यो । आफ्नै बुबा र कान्छा बुबाले उनलाई घरमै बाह्रखरी सिकाए । उनीसँग अन्य गाँउका केटाकेटीहरुलाई पनि उनका कान्छा बुबाले घरमै बोलाएर पढाउने गर्थे त्यतिबेला । खेलकुदमा कमजोर भएपनि पढाइमा भने उनी सानैदेखि अरुभन्दा राम्रा थिए । घरमै कान्छा बुबाले पढाउने भएकाले पनि यस्तो भएको हो ।
उनी घरमै पढेर किताब बोलाउन सक्ने भएका थिए । साथै दश बाह्र लहरी दुना -गणित) पनि जान्ने भए उनले अनि विस्तारै जोडघटाउ पनि सिके । त्यही समयमा गुल्मी भार्सर्ेे जोगी भएर हिडेका तर साइनोले फुपाजु पर्ने एकजना मानिस उनका घरमा आए । उनलाई घरमै राखियो । उनले नै जितबहादुरलाई र्सबप्रथम अङ्गे्रजी सिकाए । दर्ुइ चार महिना उनी त्यतै बसे । उनी कुनै बहाना बनाएर त्यहाँबाट हिडे अनि पुनः फर्केर आएनन् । त्यसपछि जितबहादुर पढ्नलाई पाल्पा तानसेन गए । उनले त्यही ठूलो वर्ण्र्ााला पढेका थिए । त्यसमा अक्षर ज्ञान र चिठीपत्र लेख्न सिकाइएको थियो । तमसुक, राजीनामा, वादीप्रतिवादी, भर्पाई आदि लेख्न पनि सिकेपछि क्रमशः फैसला लेख्न पनि जान्ने भए उनी ।
जितबहादुर सिजालीले पछि दर्ुइ नम्बर गोरखाबाट आठ कक्षा उत्तर्ीण्ा गरे अनि पढ्नका लागि काठमाण्डौं गए । रानी पोखरीमा निर रहेको तत्कालीन दरबार हाइस्कुलमा उनले नौ र दश कक्षा पढे । त्यहींबाट उनले पन्ध्र सोह्र सालतिर एस.एल.सी. पनि उत्तर्ीण्ा गरे । प्रायः उनी कक्षामा तृतीय हुन्थे । अङ्गे्रजी, सिभिक्स, नेपाली, अर्थशास्त्रजस्ता विषय लिएर उनले एल.एल.सी. गरेका थिए । त्यसपछि नेसनल कलेजबाट २०२१ सालमा अङ्गे्रजी विषय लिएर आई..ए.उत्तर्ीण्ा गरे । त्यसबीचमा उनी कर्ीर्तिपुर लगायतका केही ठाँउमा शिक्षक पनि बनिसकेका थिए । त्यसै कारण नियमित पढाइ अगाडि बढ्न सकेन । त्यसपछि भने उनको औपचारिक पढाइमा पर्ूण्ाविराम लागेको देखिन्छ ।
काठमाण्डौं अध्ययनका क्रममा उनी धेरै ठाँउहरुमा डेरा र्सर्दै हिडे । ठमेल, पुतलीसडक, डिल्लीबजार आदिका डेराहरुमा उनले विद्यार्थी जीवन बिताएका थिए । साथै पुतलीसडकमा रिडीतिरकै मानिसले खोलेको होटेलमा उनले धेरै समय खाना पनि खाए ।
भाषिक ज्ञानका हिसाबले उनले नेपाली, मगर, अङ्ग्रेजी, बङ्गाली, संस्कृत र हिन्दी भाषा जानेका छन् । सिर्जनात्मक कलम भने उनले नेपाली र मगर भाषामा मात्र चलाएका छन् । यसरी बहुभाषाको ज्ञान पनि उनको प्रतिभाको चिनारी नै मान्न सकिन्छ ।
राजनीति र जेलप्रसङ्ग
जितबहादुर सिजाली मगर सानैदेखि अत्यन्त मेहनती, इमान्दार, अध्ययनशील र गम्भीर स्वभावका मानिस थिए । विद्यार्थी जीवनमा उनले देशभित्र र बाहिरको राजनीतिका बारेमा धेरै चासो र अध्ययन गर्ने अवसर पनि प्राप्त गरे । विशेषतः काठमाण्डौंको बसाइँ र अध्ययनले नै उनलाई यो अवसर दिएको देखिन्छ ।
शुरुमा उनी डा.के आई सिंहको राष्टूवादी विचारप्रति झुकाव राख्ने मानिस थिए । उनी काठमाण्डौंमा हुँदा डा.के.आई.सिंहको चर्चा शिखरमै थियो । सबैले उनलाई राष्टूूवादी मानिस भन्ने गर्थे । २०१५ सालको चुनावमा उनले के.आई.सिंहकै संयुक्त प्रजा परिषद्का उम्मेदवार ओमप्रसाद गौचनलाई नै सघाएका थिए । उनकै प्रचारप्रसारमा गीत गाउँदै पनि हिडेका थिए तर चुनावपछि भने उनी पुष्पलालका नजीक बने । के.आई.सिहको चर्चा आवरण जस्तो मात्रै लाग्यो उनलाई ।
आई. ए. का विद्यार्थी छँदा उनका सहकर्मीहरुमध्ये एक थिए -प्रयागलाल श्रेष्ठ । उनी पुष्पलाल समूहमा मानिस थिए । रिडीका प्रयागलाल र स्यांजाका जितबहादुर पुतलीसडकमा एउटै कोठामा डेरा गरी बस्थे त्यतिबेला । यसकारण पनि पुष्पलालसँग उनीहरुको राम्रै चिनाजानी थियो साथै पुष्पलाल पनि उनीहरुको कोठामा प्रायः आइरहन्थे । एल.एल.सी.सम्म पढेका प्रयागलाल र नेता पुष्पलाल कहिलेकाही अङ्ग्रेजीमा पनि कुराकानी गर्थे । उनले बुझ्दैनथे ।
जितबहादुर त्यतिबेला इन्द्रचौकमा रहेको चिनीया पुस्तकालयमा दिनको एकपटक जसरी पनि अनिवार्य जान्थे अनि विभिन्न पुस्तक र पत्रपत्रिका पढेर र्फकन्थे । मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, निर्मल लामा, मोहनविक्रम सिंह आदिसँग पनि उनको त्यतिबेलै भेटघाट भएको थियो ।
२०१२ – १३ सालतिर काठमाण्डौंमा हुने कम्युनिष्टहरुको जुलुस, कार्यक्रम र भाषणको प्रभाव अनि साथी प्रयागलाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठहरुसँगको सत्सङ्गतबाट उनी कम्युनिष्ट पार्टर्ीीट निकै प्रभावित थिए । काठमाण्डौंमा रहँदा कहिलेकाही उनी पनि जुलुसमा हिडे । विभिन्न पुस्तकालको अध्ययन र भोटाहिटीमा रहेको निरञ्जन गोविन्द बैद्यको किताब पसल र नयाँ सडकबाट पनि किनेर पढेका मार्क्स , लेलिन र माओ आदिका पुस्तकहरुबाट उनी वैचारिक हिसाबले निकै क्रान्तिकार बिनिसकेका थिए ।
२०१७ साल पुस १ गतेबाट प्रारम्भ भएको पञ्चायती व्यवस्थाका कारण भने केही नेताहरु जेल परे भने कति विदेश लागे साथै कतिपय भूमिगत पनि बने । नुवाकोट जेलबाट छुटेपछि सिजाली पनि दरभङ्गातिर हिडे । तुल्सीलाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ अदि नेताहरुलाई उनले फेरि त्यतै भेटे । त्यसबेला दरभङ्गामा ल्पेटनमको बैठक चलिरहेको थियो र कम्युनिष्ट पार्टर्ीीे महासचिव थिए केशरजंग रायमाझी ।
दरभङ्गा जाने क्रममा बाटामा एकजना र्राई साथीसहित बामपन्थी नेता एकदेव आले मगर पनि भेटिएका थिए । उनीहरु वीरगञ्ज स्टेसनबाट दरभङ्गासम्म साथै गएका थिए ।
पछि पश्चिम १ नम्बर लामिडाँडामा शिक्षण गर्ने क्रममा पनि उनी बनारस गएका थिए । दरभङ्गाको सम्झना आएकोले उनी पछिल्लो पटक त्यहाँ पुगेका थिए । त्यतिबेला पुष्पलाल श्रेष्ठ र तुल्सीलाल श्रेष्ठ दुबै बनारसमा थिए । उनले दुबैसँग भेट गरे । त्यसपछि उनी बनारसमा दर्ुइतीन दिन बसेर फेरि काठमाण्डौ फर्किए अनि पढाउन पुनः लामीडाँडा गए ।
उनी शुरुदेखि नै बामपन्थी राजनीत्रि्रति विशेष झुकाव राख्ने मानिस थिए । समाजमा हुने सामन्ती शोषण, अन्याय, अत्याचारका साथै जातीय विभेद र छुवाछुतप्रथाको उनले खुलेरै विरोध गर्थे । दर्ुइचार दिन जेल त उनी धेरैपल्ट परेका थिए । २०१७ सालमा पश्चिम १ नम्बर नुवाकोटमा किसान आन्दोलन भएको थियो । त्यसमा जितबहादुर सिजाली पनि निकै सक्रियतापर्ूवक लागेका थिए । त्यसै कारण उनलाई सुरक्षाकानुन अर्न्तर्गत नुवाकोट जेलमा ६ महिना राखियो । प्युठान असुरकोटमा पढाउँदा पनि मगर गीतमा केटाकेटीलाई नचाएको र मगर भाषामा लेखेको आफ्नो किताब बोकेको अभियोगमा प्रहरीले ३ दिन थानामा राख्यो तर पछि आफैले छोड्यो ।
-उदासीको प्रकाशोन्मुख कृति मगर भाषाका आदिकवि जितबहादुर सिंजालीको जीवनकथाको एक अंश नयाँ युगबोध राष्ट्रिय दैनिकबाट सभार )

0 प्रतिकृयाहरु