असिनाले बालिमा क्षति पुर्याएपछी किसानलाई चिन्ता
Published on
2:39:00 AM //
मनोज बस्नेत
शुक्रबार दिउँसो पानी सगैँ परेको अशिनाले गुल्मी जिल्लाका बिभीन्न ठाउँमा लगाईएको बालिनालीमा क्षति पु¥याएको छ । अशिनाले जिल्लाको बिभीन्न ठाउँमा कृषकहरुले लगाएको तोरी, धान, कोदो, तरकारी लगाएतका बालीमा क्षति पुर्याएको हो । अशिनाले मरभुङ गाविसको बार्ड नम्बंर ६ र ७, घमिर गाविसको केही भाग, बाझकटेरी गाविसको केही भाग लगाएका जिल्लाका अन्य बिभीन्न ठाउँमा पनि बालिनालीमा ठुलो क्षती पुगेको छ । बालिनालीका साथै अशिनाले रुख बृक्षहरुमा समेत क्षति पुर्याएको छ । बालिनाली अशिनाले नष्ट गरेपछी कृषकहरु चिन्तीत बनेका छन् ।
0 प्रतिकृयाहरु