सवारी कारवाहीमा १८ सय राजश्व संकलन
Published on
1:20:00 AM //
मनोज बस्नेत
जिल्ला प्रहरी कार्यलय गुल्मीले गरेको सवारी चेकजाँजका क्रममा आज १५ ओटा सवारी साधन कारवाहीमा परेका छन् । सदरमुकाम तम्घास –८ को देउरालीमा गरिएको चेकजाँचका क्रममा ३ ओटा ट्रक, ५ ओटा जीप, एउटा ट्याक्टर र ६ ओटा मोटरसाईकल कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारी साधनको कारवाहीवाट १८ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएका छ । विलवुक साथमा नभएका, ओभरलोड गरेका, छतमा याखेका सवारी साधनलाई प्रहरीले कारवाही गरेको थियो ।
0 प्रतिकृयाहरु