Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा आशाको दिपावली

Published on 6:00:00 PM //

जनार्दन घिमिरे
आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजनामा आज गुल्मीको सदरमुकाम तम्घासमा शुभ दीपावलीको अवशरमा परिचयात्मक कार्याक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षता तथा गुल्मी जिल्ला युके समाजका सल्लाहकार पशुपति भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारीले संस्थाले गुल्मी जिल्लामा अपाङ्गताको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आफुहरु विदेशमा रहेर पनि अपाङ्गताको क्षेत्रमा सहयोग गर्दै आएको वताउँदै आगामि दिनमा पनि उक्त सहयोग जारी रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा भण्डारीले आशा अपाङ्ग केन्द्रको सहयोगकालागि गुल्मी जिल्ला समाज युकेले युकेमा एउटा च्यारीटिशो कार्यक्रमम संचालन गर्न लागेको जानकारी दिँदै उक्त च्यारिटि शोमा शंकलन भएको रकम आशा अपाङ्ग केन्द्रलाई उपलव्ध गराउने जानकारी दिनु भएको थियोे । उक्त कार्यक्रममा विशेष अतिथि छहारी नेपालकि सल्लाहकार गेल रोबटसन्ले आफु पहिलो पटक गुल्मी आएको अवशरमा आशा अपाङ्ग केन्द्र गुल्मीले अपाङ्गताको क्षेत्रमा गरेको कामको प्रगति देख्दा आफु निकै खुसि भएको वताउनु भएको थियो ।
कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, कालीदत्त गुल्मका प्रमुख सन्तोष कुमार थापा, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, पुर्व क्याम्पस प्रमुख शशि पन्थी,तम्घास अस्पताल विकास समितिका अध्यक्ष विरवहादुर कार्कि,नेपाल रेडक्रस सोसाईटीका उपसभापति अनन्तराम पौडेल, संस्थाका जग्गादाता वलवहादुर थापा तथा जालपा थापा, रेसुङ्गा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिं थापा, समाजसेवि विष्णुप्रसाद भण्डारी, संस्थाका अडिटर कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष गंगा रायमाझी र कोषाध्यक्ष ताराप्रसाद भुसाल लगायतको सहभागिता रहेको थियो । संस्थाका संस्थापक सल्लाहकार दानवहादुर केसीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन मुना पौडेलले गर्नु भएको थियो ।

Tags:

+ Discussion
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग