खाडीबाट गाउँको बिद्यालयलाई सहयोग
Published on
1:21:00 AM //
कुमार अबिरल
जागिरको सिलसिलामा खाडी मुलुक कतारको दोहामा बस्दै आएका गुल्मेलिहरुको एक समुहले गुल्मीको शान्तिपुर रेमी स्थित एक बिद्यालयलाई आर्थिक सहयोग पठाएको छ । गुल्मी सेवा समाज दोहा कतारको बिशेष पहल तथा श्री बिजय बस्नेतको अध्यक्षतामा गठित समितीले श्री भारती निम्न माध्यमिक बिद्यालयको मा. वि. सन्चालनको लागि नगद रु ५८००० आर्थिक सहयोग गरेको हो । दोहा कतारमा कार्यरत शान्तिपुर रेमी तथा गुल्मी जिल्लाबासी नेपालीहरुद्वारा उक्त रकम उपलब्ध गराएको हो ।
बिद्यालयको उत्तरोतर प्रगती तथा उन्न्तीको शुभकामना सहित सो नगद सहयोग बिद्यालय संचालक समितिका अध्यक्ष श्री बलराम गैरलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष बिजय बस्नेतले जानकारी गराउनुभयो । गैरेले सहयोग गर्नुहुने संपूर्ण व्यक्तित्वहरु एवंम गुल्मी सेवा समाज दोहा कतारलाई बिशेष आभार तथा धन्यवाद व्यक्त गर्नुभएको पनि जानकारीमा उल्लेख छ ।
सहयोग उपलब्ध गराउने महानउभावहरुको नामावली सहयोग रकम सहित यसप्रकार छ:
श्री दोर्ण बस्नेत ५०००
श्री बिजय बस्नेत ३०००
श्री लील बहादुर थापा २०००
श्री मिन बहादुर बस्नेत २०००
श्री राज कुमार श्रेष्ठ २०००
श्री गोपाल प्रसाद गैरे २०००
श्री प्रेम पुन २०००
श्री राजु पुन २०००
श्री सोम बहादुर थापा २०००
श्री टुक बहादुर थापा २०००
श्री शिव सुबेदी २०००
श्री निर्मल बस्नेत २०००
श्री प्रदिप पुन २०००
श्री धिरन पुन २०००
श्री सुरेश सुबेदी २०००
श्री गणेश थापा २०००
श्री मुर्ती खरेल १०००
श्री दिपु कार्की १०००
श्री किसान कार्की ५००
श्री लक्षमण पौडेल ४००
श्री नर बहादुर थापा ४००
श्री केशव थापा ४००
श्री केशर खड्का २००
श्री टिका बहादुर कार्की १००
0 प्रतिकृयाहरु