महिला पुनःस्थापना केन्द्रको माग
Published on
8:25:00 PM //
गगनशिला खड्का
शुक्रवारदेखी शुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज पहिलो दिन गुल्मी जिल्लामा सरोकारवालाहरु विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मी, मानबअधिकार सचेतन संस्था र इन्सेकको संयोजनमा भएको अन्तर्कृयामा बोल्ने बक्ताहरुले गुल्मी जिल्लामा महिला माथीहुने हिंसाका घटनाहरु बढिरहेको बताएका छन ।

यस्तै अन्तर्कृया कार्यक्रममा सहभागी महिला लोकतान्त्रीक सञ्जाल गुल्मीका अध्यक्ष विष्णु सापकोटाले हिंसा पिडित महिलाहरुका लागी गुल्मी जिल्लामा एउटा पुनःस्थापना केन्द्रको आबश्यकता रहेको तर त्यसका लागी जिल्ला देखी केन्द्र सम्म जानकारी गराउदा पनि समन्धीत निकायले सुनवाई नगरेकोमा दुखेसो पोखिन । उनले भनिन्- “मैले यहाँ जिल्ला देखी केन्द्र सम्म पटक-पटक जानकारी गराए तर कसैले पनि यो कुरालाई गम्भीर रुपमा लिएनन् ।” सापकोटाले आफूहरु सधै हिंसा पिडित महिलाहरुको सहयात्रीका रुपमा काम गरेपनि उनिहरुको सुरक्षाका लागी महिला पुनःस्थापना केन्द्र आवश्यक रहेको बताईन् । उनले भनिन्-“हामीहरुले हिंसा पिडित महिलाहरुलाई सहयोग गर्न जतिबेला पनि तयार छौ तर आर्थिक रुपमा समस्या भएका महिलाहरुको लागी ग्राहो हने गर्दछ ।” सापकोटाले थपिन्- “हामी आफै स्वयमंसेबी भएर काम गरिरहेका हुन्छौँ,त्यसमा थप उनिहरुको आर्थिक समस्याको बोझ थपिन्छ यसरी हामी महिला अधिकारकर्मीहरुले कति दिनसम्म काम गर्न सक्छौ ?” आक्रोश व्याक्त गर्दै उनले भनिन्- “यो जिम्मेबारी त सरकारको हो, सरकारले उनिहरुको लागी राहत प्याकेज कार्यक्रम ल्याउनुपर्दछ । ”
जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका श्रवण कुमार नायकले अन्तर्कृयामा उठेका विषयबस्तुलाई सम्वोधन गर्दे उनले भने- “यदि हिंसा पिडित महिलाहरुको गरीबीको सिफारिस गर्ने निकाय केहि भए हामी निशुल्क उपचार गर्ने व्यवस्था गरौँला ।”नायकले जिल्ला स्वास्थ्य कार्यलयले हिंसा पिडित महिलाहरुका लागी निशुल्क उपचार गर्नै व्यवस्था मिलाउने बताए । स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले महिला हिंसा न्युनीकरणका लागी गर्नुपर्ने कामका समन्धमा जिल्ला विकास समिति सधै सहयोगीको भुमिका निर्वाह गर्न तयार रहेको बताए । उनले भने- “महिला हिंसा समन्धी के काम गर्नु पर्दछ जिल्ला विकास समिति तयार छ । ”
अन्तर्कृया आगामी पन्ध्र दिनसम्म मनाईने कार्यक्रमका विषयमा पनि छलफल गरिएको छ । जसअनुसार दोश्रो दिन सरोकारवालाहरु सबैले घरायसी काममा महिलाहरुलाई सघाउने,तश्रो दिन अन्र्तपार्टी महिला सञ्जालले तम्घासका महत्वपुर्ण चोकचोकमा लैङ्गिक समानता र शान्तीका लागी दिप प्रज्वलन गर्ने,चौथो दिन महिला मानब अधिकार रक्षक सञ्जाल,अन्र्तपार्टी महिला सञ्जाल र एकल महिला सञ्जालले हिंसा विरुद्धका पोष्टर तथा सामग्री प्रर्दशन गर्ने,पाँचौ दिन महिला मानब अधिकार रक्षक सञ्जाल र इन्सेकले जैशिथोकमा महिला हिंसा विरुद्धको अन्र्तक्रिया गर्ने,छैठौ दिन अनेम संघ र दलित महिला संघले रेसुङ्गा बहुमुखी क्याम्पसमा १६ दिने महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम गर्ने,सातौ र आठौ दिन जिल्ला स्वास्थ्य कार्यलयले विश्व एड्स दिबश र क्षयरोग तथा एड्स न्युनीकरणका लागी अन्र्तक्रिया गर्ने,नेपाल अपाङ्ग एकता समाजले २० औ अपाङ्ग दिवश मनाउने, जिल्ला विकास समितिले महिला हिंसा विरुद्धको रेडियो संवाद कार्यक्रम सञ्चालन गर्ने, जिल्ला स्वास्थ्य कार्यलयले महिला स्वास्थ्य स्वयंम सेबीका दिबश मनाउने,जिल्ला प्रहरी कार्यलय गुल्मीले गुल्मी जिल्लाका १३ वटै इलाकाका स्कुलका छात्र-छात्राहरुलाई महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम गर्ने,महिला लोकतान्त्रीक सञ्जाल तथा दलित महिला संघले हिंसा पिडित महिलाहरु लाई लागी परामर्श दिने,अमर कल्याण बहुउदेश्यीय सहकारी संस्थाले महिला हिंसा विरुद्धको सडक नाटक प्रस्तुत गर्ने,महिला मानब अधिकार रक्षक सञ्जाल,इन्सेक र मानब अधिकार सचेतन संस्थाले कारगार अनुगमन तथा पुस्तक वितरण गर्ने र इन्सेक,मानब अधिकार एलाईन्स र परिकल्पना पहलले २३ औ अन्तरराष्ट्रिय मानब अधिकार दिवश मनाउने निर्णय गरिएको छ ।
0 प्रतिकृयाहरु