गुल्मीमा आँखा अस्पताल निर्माण हुने
Published on
2:00:00 PM //
पि.एम.मगर
गुल्मी जिल्लाको सदरमुकाम तमघासमा आँखा अस्पताल बन्ने भएको छ । आखाँ अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक व्यवस्थापनका पक्षमा प्रकृया अगाडी वढिरहेको नेपाल नेत्र ज्योति संघ गुल्मीले वताएको छ । सदरमुकाम तमघासमा सम्पन्न संघको १६ औँ जिल्ला सभाको अवसरमा जिल्लामा आँखा अस्पताल वनाउने तैयारीका साथ अगाडी वढिरहेको संघका अध्यक्ष भरतवहादुर चन्दले वताए ।
कार्यक्रममा वोल्ने वक्ताहरुले जिल्लामा आँखा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले जिल्ला विकास समितिमार्फत आँखा अस्पतालको निर्माणमा सहयोगका लागि एकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । एकीकृत नेकपा माओवादीका जिल्ला सह–इन्चार्ज निमवहादुर पाण्डे, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, राप्रपाका हेमवहादुर वोहोरा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डे लगायतका नेताहरुले यस्तो प्रतिवद्धता जनाए । त्यस्तै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पनि निजामती कर्मचारीहरुको तर्फवाट यसमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विशेष अतिथि जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डण्ट् डा. हरिवहादुर के.सी., रेसुङ्गा हस्पिटल प्रा.लि.का अध्यक्ष नन्दराम भुसाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, लोकतान्त्रीक महिला सञ्जालकी अध्यक्ष विष्णुकुमारी सापकोटा, वरिष्ठ समाजसेवी नरप्रसाद श्रेष्ठ, शारदा पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै आँखा अस्पतालको निर्माणमा आफुहरुले पनि सहयोग पु¥याउने धारणा व्यक्त गरेका थिए । संघका अध्यक्ष भरतवहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रम अखिलेश्वरप्रसाद पाण्डेको सञ्चालन तथा दानवहादुर के.सी.को धन्यवाद मन्तव्यसंगै सम्पन्न भएको थियो ।
0 प्रतिकृयाहरु