पौँदीअमराईमा पहिलो पटक वस पुग्यो, गाउँले हर्षित
विष्णु पौडेल
गुल्मीको पौँदीअमराईमा पहिलो पटक आज वस पुगेको छ । पश्चिम नेपाल वस व्यवसायी समितीको लु १ख ६६४६ नम्वरको वस आज पहिलो पटक पाँैदीअमराईमा पुगेको हो । पहिलो पटक आफ्नो गाउँमा वस पुगेपछि स्थानीय वासीले पञ्चेवाजा सहित फुल माला र अभिरले स्वागत गरेका थिए । विभिन्न पटक स्काभेटरको प्रयोग गरी राताडाँडा, वडागाउँ, हुँदै पौँदीअमराई जोड्ने मोटरवाटोको स्तरोन्ती भएपछि वस आज राताडाँडा, वडागाउँको मैदान, मुसीकोट देउराली, श्रृङ्गा हुँदै पाँैदीअमराई पुगेको हो । अवदेखि सदरमुकाम तम्घास देखि दैनिक रुपमा वडागाउँ मुसीकोट हुँदै पौँदीअमराईसम्म वस सञ्चालनको लागी पहल गरिने पश्चिमाञ्चलन वस व्यवसायी समितीका पदाधिकारीलाई उदृत गर्दै सहकर्मी आरवि थापाले जानकारी दिनुभयो ।
वस पुगेपछि हर्षले आयोजित एक सरोहमा वोल्दै नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति सुरेशचन्द्र भुसाल, नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा लगायतले वोल्दै पर्याप्त यातायातका साधनवाट वञ्चित पौँदीवासीको सपना पुरा भएको भन्दै वस सञ्चालनको लागी निरन्तरता दिन सम्वन्धित निकायलाई निरन्तर घचघच्याउने वताउनुभएको छ । गाउँमा पहिलो पटक पुगेको वसलाई हेर्न मनमा हर्ष र हातमा फुलामाला सहित पौँदीअमराई वासीको सयौँको सङ््ख्यामा उपस्थिती रहेको थियो । स्मरण रहोस सोही वस हिजो वडागाउँमा पुगेको थियो ।
0 प्रतिकृयाहरु