वाख्रापालनका लागी गुल्मीमा तीन करोड
Published on
7:32:00 PM //
विष्णु पौडेल
वाख्रालनवाट युवा स्वरोजगारको लागी गुल्मी जिल्लामा तीन करोड रकम आएको छ । व्यवसायिक वाख्रापालनमा प्रवद्र्धन गर्न भन्दै युवा स्वरोजगार कोष मार्फत उक्त रकम आएको हो । वाख्रापालनमा गुल्मीलाई नमुना जिल्ला वनाउने उद्देश्यले गुल्मीको सिमलटारीमा रहेको मधुवन वचत तथा क्रृण सहकारी संस्थाका नाममा उक्त रकम आएको हो ।
Image Source: Dhaulashree |
जिल्ला पशु स्वास्थ्य कार्यलयको आयोजना, मधुवन वाख्रापालन समुह र खामदेश वृहत वाख्रापालन समुहको सहआयोजना रहेको कार्यक्रममा वोल्दै प्रमुख अतिथी संविधान सभा सदस्य चन्द्र वहादुर थापा सागरले यस्तो कार्यले युवाको विदेश पलायन रोक्ने वताउनुभयो । एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर ३ का सांसद थापाले गुल्मी जिल्लामा वाख्रा पालनको प्रसस्त सम्भावना रहेको भन्दै जिल्लालाई नमुना वाख्रापानको जिल्ला वनाउन सकिने समेत वताउनुयो । उहाँले यस कार्यक्रम सफल पार्न सम्पुर्ण राजनितीक दल, कर्मचारी, पत्रकार, समाजसेवि सवैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मीलाई कफिका नामले चिनिएजस्तै अव वाख्रापालनको जिल्लाका नाममा पनि चिनिने दावी गर्नुभयो । साथै सोही अवसरमा जिल्ला शिक्षा शिक्षा अधिकारी नन्दलाल पौडेलले कार्यक्रम सञ्चालन भएका पाँच गाविसमा अव १ सय पुर्णाङ्कको प्राथमिक तहमा वाख्रापालन सम्वन्धि पाठ्यक्रम राखिने समेत घोषणा गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथी एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेस पन्थी, नेपाल सरकार अर्थमन्त्राय साना तथा युवा स्वरोजगार कोषका व्यवस्थापक नारायण देवकोटा, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, कृषि विकास वैंक गुल्मीका प्रवन्धक गोपाल प्रसाद गैरे, जिल्ला भु-संरक्षण कार्यलयका प्रतिधिनी रामचन्द नेपाल, जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत नरहरी प्रसाद घिमिरे, जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा, जिल्ला शिक्षा अधिकारी नन्दलाल पाौडेल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, उद्योग वाणिँज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, पुर्व सांसद रुद्रमणि भन्डारी, एकीकृत नेकपा माओवादी जिल्ला सह इन्चार्ज तिजजङ्ग, राप्रपाका प्रतिनिधी खिमा कुवार, विभिन्न गाविस सचिव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खामदेव वृहत वाख्रापालन समुहका अध्यक्ष विर वहादुर कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, क्रान्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष प्रेम सुनार, पत्रकार दधिराम पोख्रेल, कमल पन्थी, विभिन्न विद्यालयका प्राचार्या, समाजसेवि, वुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो । पशु सेवा कार्यलयका प्रमुख डाक्टर हरि वहादुर कुँवरको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन मधुवन वाख्रापलन समुहका अध्यक्ष वेगम वोहोराले गर्नुभएको थियो ।
0 प्रतिकृयाहरु