ट्रकवाट खसेर एक युवक गंभिर घाईते
Published on
5:13:00 AM //
गगनशिला खड्का
गुल्मीको श्रृङ्गमा ट्रकवाट खसेर एकजना युवक गंभिर घाईते भएका छन् । तम्घासवाट वुटवलतर्फ जाँदै गरेको अवस्थामा ट्रकवाट झर्ने क्रममा बिहीवार वेलुकि श्रृङ्गामा छतवाट खस्दा ति युवक गंभिर घाईते भएका हुन् । अचेत अवस्थामा रहेका अन्दाजी २२ वर्ष उमेरका ती युवाको अहिले श्रृङ्गा उपस्वास्थ्य चौंकिमा उपचार भैरहेको र उनको अवस्था गंभिर रहेको प्रहरीले वताएको छ । युवक चढेको ट्रककोवारेमा भने केही पत्ता नलागेको र अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । उक्त युवकको नाम ठेगाना समेत अझै खुल्न सकेको छैन ।
0 प्रतिकृयाहरु