प्रवास
»
कोरिया पुगेका गुल्मेलिहरुबिच भेटघाट, सम्मान तथा स्वागत कार्यक्रम हुने
Published on
2:23:00 AM
//
टीका पुन मगर
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5CkQM5ai7pMvS-ZeKHm6gsB7cT8x9CDUtd7rpBxhsCs2rQUaLMWivIvzLCKoIRKh_RrG2BE0xvp1k7FuBvY66UL8TDjb1plkWsBSTuR4ChaLH0cuSPfdtSy6wKNAIdxSdaBYLgNyG-cg/s1600/Gulmi+Samparka+Samiti.jpg)
गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले कोरियन नयाँ वर्ष अर्थात् सलनालको अवसरमा जनवरी २२ तारिखको दिन भेटघाट, सम्मान तथा स्वागत कार्यक्रम गर्ने भएको छ । गुल्मी जिल्लाबाट दक्षिण कोरिया आई विभिन्न पेशामा संलग्न नयाँ तथा पुराना गुल्मीवासिहरुलाई उक्त कार्यक्रममा सहभागी भैदिनुहुन समितिले अनुरोध गरेको छ । तोंग्देमुन्को पुजा - २ रेस्टुरेन्टमा हुने उक्त कार्यक्रममा आधादर्जन भन्दा बढी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गुल्मी सम्पर्क समितिका भलिबल खेलाडीहरुलाई सम्मान पनि गरिने छ।
यसैगरी इपीएस लगायत अन्य माध्यमबाट दक्षिण कोरिया आउनु भएका नव-आगन्तुक गुल्मीवासिहरुलाई स्वागत गरिने कार्यक्रम भएकोले नव-आगन्तुक गुल्मेलीहरुलाई अनिवार्य उपस्थित भैदिनुहुन पनि समितिका अध्यक्ष गान्धीव सुबेदीले अनुरोध गर्नु भएको छ । कार्यक्रममा रात्री भोजको साथमा विविध मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिने अध्यक्ष सुबेदीले बताउनु भयो।
0 प्रतिकृयाहरु