स्वीकृती नलिएको भन्दै तम्घासका म्यानपावरमा तालाबन्दी
Published on
2:29:00 AM //
घनश्याम गौतम
शाखा संचालनको स्वीकृती नै नलिई सदरमुकाम तम्घासको मेनपावर कम्पनी ग्लोबल इन्टरनेशनल रिक्यूपमेन्टलाई स्थानीय प्रशासनले विहिवार देखि बन्द गरि दिएको छ ।

स्थानीय संचारमाध्यमहरुमा हस्तिचौरका लुमबहादुर वि.क. र मुसिकोटका रामचन्द्र सुनाले तम्घासको क्याम्पस रोडमा बास्तविक नाम गोप्य राख्दै राहुल वि.सी र समिप सुनारका नामबाट विज्ञापन प्रशारण गर्दै आएका थिए । संचारमाध्यमहरुमा बज्ने विज्ञापनका बारेमा स्थानीय संचार समन्वय समिति र पत्रकार महासंघले समेत भाषा सच्याउन र आधिकारीकता पहिचान गर्न आग्रह गर्दै सरोकारवालाहरुसंग आग्रह गरेको थियो ।
छलफलका क्रममा समेत मेनपावर कम्पनीको बारेमा प्रश्न उठेपछि प्रशासनले अनुसन्धान शुरु गरेको थियो । सरोकारवालाहरुले स्थानीय रेडियोका विज्ञापनहरुमा बज्ने भाषा र आधिकारिताका बारेमा समेत अनुगमन गर्न समिति र प्रशासनलसंग आग्रह गरेका छन् । स्थानीय रेडियोमा यस्ता व्यवसायिक विज्ञापन प्रसारण गर्नुपूर्व व्यक्तिको वास्तविक नाम र प्रशासनबाट त्यसको पुष्टाई गर्न समेत जिल्ला स्थित सञ्चार समन्वय समितिका संयोजक एवं हुलाक कार्यालयका प्रमुख हरीप्रसाद गैरेले आग्रह गरे ।
0 प्रतिकृयाहरु