दुर्घटनामा ज्यान गुमाउनेको सनाखत
Published on
10:21:00 AM //
धुर्कोट (गुल्मी), माघ ३- पाल्पाको जोर्तेमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु भएका दुई यात्रुको पहिचान भएको छ । घटनामा २६ जना घाइते भएका छन् । गएराति १२ बजे मात्रै डोजरले गाडी हटाएर शवहरु निकालिएको थियो।
तस्बिर: दैनिकपत्रीका डट कम |
बुटवलबाट गुल्मीको तम्घास आउँदै गरेको लु.१ख ४३१० नम्बरको यात्रुबाहक बस पाल्पाको देउराली गाविस जोर्तेमा दुर्घटना हुँदा गुल्मी अर्ले- २ का तिकम मरासिनी र बाँके घर भएका नीममिलन रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
करिब पौने ८ बजे जोर्तेको मोडमा भएको दुर्घटनामा २० जना घाइते भएको र उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिप्रकाले जनाएको छ।
ओरालोमा ब्रेक फेल भएर मोडमा दुर्घटना भएको र चालक भने फरार भएको पनि प्रहरीले जनाएको छ।
घाइतेमध्ये नौ जनाको उपचार भइरहेको छ भने बाँकी सबै सामान्य उपचारपछि फर्किसकेका छन्।
घाइतेमध्ये गुल्मी बलेटक्सारकी शान्ता क्षेत्रीको अवस्था गम्भीर रहेकाले उनको लुम्बिनी मेडिकल कजेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पटकपटक दुर्घटना भइरहने पाल्पा-गुल्मी सडकखण्डको जोर्तेमा सवारी गुडाउन निकै जोखिमपूर्ण रहेको भए पनि सडक सुधारका लागि कसैले पहल नगरेको जनताको गुनासो रहेको छ।
उक्त स्थानमा दुई महिना पहिला पनि ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। रासस
0 प्रतिकृयाहरु