एकै पटकमा तिम्ल्याहा छोराहरुलाई जन्म
Published on
7:33:00 PM //
जनार्दन घिमिरे
गुल्मीको आँपचौर गाविसका एक महिलाले पहिलो सन्तानका रुपमा एकै पटक तीन छोराहरु जन्माएकि छन् । गुल्मीको आँपचौर गाविस ४ घर भएका हाल वुटवल संगमपथ निवासी मोतीराज खरेलकि २७ वर्षीय श्रीमती माया खरेलले मंगलवार दिउसो १ वजेर ३० मिनेट जाँदा वुटवल स्थित आम्दा अस्पतालमा उक्त वच्चा जन्माउनु भएको हो ।
प्रसुती व्यथाले च्याँपे पछि गत शुक्रवार अस्पतालमा भर्ना भएकि खरेलको शल्यक्रिया गरेर उक्त वच्चाहरु निकालीएको वताइएको छ । “शुरुमा आमा र वच्चाको अवस्था कस्तो हुन्छ भनेर चिन्ता लागेको हुनाले हामीले वाहिर प्रचार गर्न खासै चासो देखाएनौं, पछि विस्तारै स्वास्थ्य अवस्था सामान्य वनेपछि आज मात्र हामीले वाहिर सार्वजनिक गरेका हौ”। उक्त तीन सन्तानका वावु मोती खरेलले भने । खरेल विगत सात वर्षदेखि अस्थाई रुपमा वुटवलको संगमपथमा खरेल खेलौना पसल संचालन गर्दै आएका छन् । अस्पतालका अनुसार आमा र वच्चाहरुको अवस्था भने सामान्य रहेको छ ।
0 प्रतिकृयाहरु