रेडियो रेसुङ्गाको पाँचौ साधारण सभा
Published on
10:05:00 PM //
पि.एम.मगर
गुल्मी जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा प्रा. लि. तमघास गुल्मीको पाँचौ साधारण सभा मंगलवार सम्पन्न हुदैछ । गाउँदेखि शहरसम्म, पहाडदेखि तराईसम्म, शान्ति र समानताको प्रतिक भन्ने मुल नाराका साथ २०६४ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन स्थापना भई आफ्नो नियमित प्रशारण कार्य शुरु गरेको रेडियोले मंगलवार आफ्नो पाँचौ साधारण सभा गर्दैछ।

रेडियो रेसुङ्गा देशका विभिन्न जिल्ला र भारतका विभिन्न क्षेत्रहरुमा पनि सुन्न सकिन्छ भने इन्टरनेटमा www.radioresunga.com.np, www.livefms.net लगायत थुप्रै अन्लाईन पोर्टल मार्फत संसारभर सुन्न सकिन्छ । यस्तै हरेक वर्ष फाल्गुन ७ गते मनाउँने आफ्नो वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान गर्ने गर्दछ। रेडियो रेसुङ्गाले छोटो अवधिमै आफुलाई सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान दिलाउनुका साथै हरेक नागरिकको ढुकढुकी वन्न सफल भएको छ। स्थापना कालदेखि नै विभिन्न समाचारमुलक, विचारमुलक एवं शिक्षामुलक तथा मनोरञ्जनात्मक लगायतका विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ ।