चट्याङले गुल्मीका तीन एफएम बन्द
Published on
3:19:00 AM //
घनश्याम गौतम
चट्याङले सदरमुकामका तीनवटा एफ.एम. रेडियो बन्द भएका छन् । चट्याङले रेडियो रेसुंगा, सामुदायिक रेडियो स्काइ र गुल्मी एफएमको युपिएसमा क्षति पुगेपछि बन्द भएको हो । दिगामको सृंगाबाट सञ्चालन हुँदै आएको रूरू एफएममा क्षति पुगे पनि बन्द भएको छैन । त्यस्तै रेसुंगा नेट र सुबिसु नेटमा पनि क्षति पुर्याएपछि जिल्लाको इन्टरनेट सेवा ठप्प छ । रेसुंगा नेट बिहीबार साँझदेखि सञ्चालनमा आए पनि अझै नियमित हुन सकेको छैन । तीनवटै रेडियोका सामग्रीहरू मर्मतका लागि काठमाडांै पठाउनुपर्ने भएकाले रेडियो चल्न केही दिन लाग्ने रेडियोहरूले जनाएका छन् ।
0 प्रतिकृयाहरु