दुबई स्याङ्जा सहयोग समाजको वनभोज कार्यक्रम सम्पन्न
Published on
6:22:00 AM //
लालबहादुर ढेंगा, दुबई, युएई
हरेक शुक्रबार दुबईमा नेपालीहरुका आ-आफ्नै प्रकारका चहल पहल हुने गर्दछन् । हप्ताको ६ दिनपछि आउने सार्वजनिक बिदा शुक्रबारे दिनलाई नेपालीहरुको लागि अति उपयोगी र रमाइला दिनको रुपमा लिन सकिन्छ । यस्तैगरी गत २४ फेब्रुअरी शुक्रबारका दिन पनि दुबईको जाविल पार्कमा मादलको तालसंगै नेपाली लोक भाकाका गीतहरु गुंजिरहेको थियो । स्याङ्जा सहयोग समाज युएईको आयोजनामा भएको वनभोज कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, महिला र पत्रकारहरुले शोभा बढाएको थियो भने वनभोजको कार्यक्रमलाई अध्यक्ष भूपति न्यौपानेले समाल्नु भएको थियो । महासचिव भुपुराज बस्यालले कार्यक्रमलाई संचालन गर्दै आफ्नो कार्यकुशलता पूर्वक कार्यक्रमलाई अझै मंनोरञ्जनात्मक गराउनमा पनि ठूलो भूमिका खेलेको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi8nagm0SXWl3CPhcx_7QZKg9Go6FVghMHOry-Yleb6_DgYdrVPYFVm_AJi-532Pr4xy6UB9ioeqDA4pevnl_2Q24oohxzhzeKHnkNClZlfNqsuQ_zpgtwIyqnvX9Zg1w3DvHydFbw8kBC0/s400/Syanja-3.jpeg)
सो अवसरमा आफ्नो मन्तव्यको क्रममा अध्यक्ष भूपति न्यौपानेले सम्पूर्ण उपस्थित दर्शकहरुलाई धन्यवाद दिनु भएको थियो भने नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले बेला बेलामा विभिन्न कार्यक्रम गर्दै सबैलाई समेट्नमा सफल भएको भन्दै शुभकामना समेत दिनु भयो । योगेन्द्र थापाले मन्तव्यकैक्रममा स्थापनाकालदेखि नै यस संस्थाले विभिन्न खाले कार्यक्रमद्धारा सम्पूर्ण नेपालीहरुलाई एकजुट गर्दै भाईचारा र सहयोगको आदानप्रदान गरेको बताउनु भयो । आफ्नो मन्तव्य राख्नेहरुमा मानबहादुर थापा, चन्द्र रोकाह, गोपाल कंडेल, उत्तम अधिकारी, लोक सुवेदी र यमलाल शर्मा पंगेनी रहेका थिए ।
0 प्रतिकृयाहरु