सोलिडारिटीद्वारा बालबालिकालाई सहयोग
Published on
6:26:00 AM //
समाजमा रहेका अनाथ, अपाङ्ग, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपालले सिर्जनशिल बाल सेवा परिवारलाई एक कार्यक्रम गरी सह्योग गरेको छ । चैत्र ४ गते सिर्जनशिल बालसेवा परिवारको प्राङ्गडमा आयोजित एक कार्यक्रममा आर्थिक सहयोग गरिएको हो । हाल उक्त परिवारमा १२ जना अति विपन्न वर्गका बालबालिकाहरु रहदै आएका छन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1XxFNNz7lCCqlxnfHva7sjKvejqFzthvC6iIRF4PwkwFxorpVCtHtlG6Y9HZt86kwzica8os3d0_vHGn9Q-LiC3ott-tHljO6udR2bKUjeHu0XdFeJjfynhy31O0vPCdqiXRt9pwjhP0E/s400/1.jpeg)
काठमाडौंमा प्रमुख कार्यालय रहेको सोलिडारिटी नेपालले हाल नेपालका सात जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न कार्य बिस्तार गरेको छ । मिसन लिट्रेसी नामक प्रोजेक्ट को सुरुवात गरेको यस संस्थाले बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक र काठमाडौंमा रहेका विभिन्न विपन्न परिवारका बालबालिकाहरुलाई सह्योग गर्दै आएको छ । अमेरिका, जापान्, युके, ब्राजिल, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको सोलिडारिटी नेपालले अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तार गर्ने प्रयास भैरहेको र यूएई र मलेसियामा भने बिस्तार करिब अन्तिम चरणमा पुगको कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका सचिव राज कुमार भट्टराईले जानकारी दिए । हाम्रो सानो प्रयासले बालबालिकाको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सक्छ , कार्यक्रममा सहभागी सोलिडारिटी नेपालका गुल्मी जिल्ला प्रतिनिधि लक्ष्मण सुबेदीले भने । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि बिदुर कुवरको पनि उपस्थिती थियो । बिहान करिब ८ बजे सुरु भएको कार्यक्रम मध्यान्न ३ बजे समापन भएको थियो ।
0 प्रतिकृयाहरु