छुवाछुत विरुद्धको अभियानमा गैर दलितहरु
Published on
2:40:00 PM //
रेडियो रेसुङ्गा
जातीय छुवाछुत प्रथालाई व्यवहारिक रुपमा अन्त्य गर्ने अभियानका साथ एकीकृत नेकपा माओवादी दर्लामचौर गाउँ कमिटी गुल्मीले त्यस गाविसको दलित वस्तीहरुमा घर घरमा पुगेर उनीहरुले पकाएको खाना खाने अभियान अगाडी सोरेको छ। अभियान अनुसार दर्लामचौर १ तोरी पाटाको दलित वस्तीमा स्थानीय व्रम्हण क्षेत्री लगायतका गैर दलितहरुले दलितहरुले वनाएको चिया नास्ता गरेका छन्। भाषणमा सिमित छुवाछुत अन्त्य भनिएपनि व्यवहारिक रुपमा अन्त्य नभएका कारण दलितहरुले पकाएको खाना गैर दलितले खाने अभियान अगाडी सारिएको पार्टीका दर्लामचौर इन्चार्ज नरेन्द्र कुवँरले जानकारी दिनुभयो। तोरी पाटावाट शुरु भएको अभियान गाविसव्यापी वनाईने उहाँले वताउनुभयो। त्यस्तै दर्लामचौर १ मा सो पार्टीको भेला सम्पन्न भएको छ। भेलामा इलाका सेक्रेटरी तोयनाथ सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा दर्लामचौरका इन्चार्ज नरेन्द्र कुवँर, इलाका सदस्यहरु गोविन्द घिमिरे, लोकेन्द्र महत लगायतले प्रशिक्षण मन्तव्य दिनुका साथै दलितले पकाएको चियानास्तामा सहभागी भएका थिए। एकीकृत नेकपा माओवादी दर्लामचौर १ का वडा इन्चार्ज लालवहादुर नेपालीको अध्यक्षता रहेको कार्यक्रममा सेक्रेटरी महेन्द्र अधिकारीको सञ्चालन रहेको थियो।

0 प्रतिकृयाहरु