एमाले क्षेत्र नं. ३ गुल्मीले शान्ति र संविधानको लागि अभियान चलाउने
Published on
8:34:00 PM //
नरेश भण्डारी
नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. ३ गुल्मीको प्रथम पूण बैठक शनिवार र आईतवार धनार्दीमा सम्पन्न भएको छ ।
कमिटिका अध्यक्ष लक्षमण पराजुलीको अध्यक्षता र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य टोमलाल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले फागुन १३ गते अर्जैको पोखराबारीमा सम्पन्न दोस्रो अधिवेशन भव्य एवं सानदाररुपमा सम्पन्न भएको ठहर गर्दै एमाले केन्द्रिय कमिटीले तय गरेको एमालेको अभियान जेठ १४ भत्रि स्थाई शान्ति र नयाँ संविधान विषयक ३ महिने जनअभियान सञ्चालन गर्ने र कमिटिको कार्याविभाजन लगायतका निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
३ महिने अभियान अन्तर्गत नेटा गाविसको अमर निमावि जैसिपोखारा, दर्लामचौरको ठाड्ढुङ्गा माविमा, बाँझकटेरीको बाँझकटेरीमा, भनभने गाविसको दिपक माविमा, बस्तु गाविसको हिमालय उच्च माविमा, अर्जै गाविसको अर्जै उच्च माविमा र मरभुङ्गको सिमल्टारीमा शन्देश सभा सम्पन्न गर्ने निणय गरेको छ ।
संगठन विस्तार अभियान कार्यक्रम अन्तर्गत अर्जै, दलिङ्ख, ह्वाङ्दी, हस्तिचौर, अर्खाबाङ्ग, म्यालपोखरी र दर्लामचौरमा गाउँ भेला सम्पन्न गर्ने पनि निर्णय गरेको छ । बैठकले नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी गुल्मी– ३ को रिक्त सदस्य पदमा दोहलीका चुरा बहादुर विष्ट, इस्मारजस्थलका झविलाल अधिकारी, वाग्लाका हिमप्रसाद पन्थी, धुर्कोट रजस्थलका रविलाल भण्डारी, अमरपुरका नारायण पराजुली, म्यालपोखरीका हरिप्रसाद भट्टराई, अर्खाबाङ्गका युद्धबहादुर नेपाली, हस्तिचौरका विमला के.सी. र ह्वाङ्दीका ताराबहादुर मगर लाई मनोनित गरेको छ ।
यसैगरी बैठकले विनहादुर गौतम, खिमराज पराजुली, चिन्तामणी अर्याल, शिबलाल भट्टराई, द्रोणप्रसाद अर्याल, ढुण्डि पोखरेल, जयप्रकाश भुसाद, देवेन्द्र गुरुङ्ग, मिनबहादुर घर्ती, शोभाखर मरासिनी, कृष्ण पोखरेल, टोपलाल पराजुली, जितबहादुर खाती, खुमबहादुर मुखिया, गिरबहादुर सुनार र उपेन्द्र खड्का रहेको नेकपा एमाले निर्वाचन क्षेत्रीय सल्लाहका परिषद् गठन गरेको छ । सल्लाहकार परिषद्को कार्यविभाजन सल्लाहकारहरुको बैठकले गर्ने जनाईएको छ ।
साथै बैठकबाट लक्ष्मण पराजुलीको अध्यक्षतामा १७ सदस्यीय क्षेत्रीय सचिवालय गठन गरेको छ । जसमा उपाध्यक्ष लिलबहादुर अधिकारी, नविन शर्मा, केशव चन्द, जगत के.सी. चुराबहादुर विष्ट, ढालबहादुर के.सी., मनिराम अर्याल, झवि अधिकारी, हिमप्रसाद पन्थी, रविलाल भण्डारी, बासुदेव के.सी.ढुण्डी पोखरेल सदस्य रहनु भएको छ । साथै रामप्रसाद भुसाल, राधिका अर्याल , शेरबहादुर नेपाली नारायण पराजुली र दलबहादुर परियार बैकल्पीक सचिवालय सदस्य सहनु भएको छ ।
सो पार्टीको क्षेत्रीय स्कुल विभागको प्रमुखमा लक्ष्मण पराजुली र सचिवमा जगत के.सी., स्थानिय निकाय विभाग प्रमुखमा लिलबहादुर अधिकारी र सचिवमा हिरालाल अर्याल, संगठन विभाग प्रमुखमा नविन शर्मा र सचिवमा ढालबहादुर के.सी., आर्थिक विभाग प्रमुखमा केशव चन्द र सचिवमा झविलाल अधिकारी, प्रचार विभाग प्रमुखमा चुरा विष्ट र सचिवमा हिमप्रसाद पन्थी साथै मोर्चा विभाग सचिवमा शेरबहादुर नेपाली रहनुभएको छ ।
यसै बैठकबाट महिला फाँटमा विमला के.सी., किसान फाँटमा हिराबहादुर थापा, युवा फाँटमा ढुण्डि पोखरेल, अपाङ्गफाटमा धनबहादुर खत्री, शिक्षक फाँटमा झविलाल अधिकारी, मुक्ति समाजमा दलबहादुुर परियार, भूतपूर्व शैनिक तथा प्रहरी फाँटमा तोकम कुँवर, आदिवासी जनजाती फाँटमा किरण मगर र विद्यार्थी फाँटमा नविन शर्मालाई इन्चार्जको जिम्मेवारी तोकेको जनाईएको छ ।
0 प्रतिकृयाहरु