महिला दिवसको अवसरमा एकल महिलाहरु सम्मानित (फोटो फिचर)
Published on
7:49:00 PM //
नरेश भण्डारी
१ सय २ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ०६८ फागुन २५ गते एकल महिला सम्मान र किशोरीहरुको आवद्धता उज्ज्वल भविष्यको सुनिष्चिता विषयक ¥याली तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
५६ जना एकल महिलाहरुलाई रातो सल ओडाएर सम्मान गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले महिलाहरुमाथि प्रत्यक्षरुपमा देखिने हिंसाहरुले भन्दा संरचनागतरुपमा हुने गरेका हिंसाहरुले बढि असर मारेको भन्दै हिंसाजन्य कार्यको विरुद्धमा निर्ममतापूर्वक कारवाही चलाईनु पर्ने धारणा राखे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनी, इन्सेकका जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, अनेमसंघ क्रान्तिकारीका श्रृजना त्रामु, महिला मानवअधिकार रक्षक सञ्जालका सीता भुसाल, मानवअधिकारको लागि एकलमहिलाहरुको सञ्जालका मिना पन्थ, अन्तर पार्टी महिला सञ्जालका धना भण्डारी लगायतका वक्ताहरुले माहिला अन्दोलन महिलामात्रको सरोकारको विषय नभई समाज विकासको एउटा अभिन्न अंग भएको भन्दै यसमा महिला पुरुषको सहकार्य अनिवार्य भएको धारणा राखे । महिला तथा बालबालिका मूलप्रवाहिकरण जिल्ला समन्वय समितिको आयोजना रहेको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकारको लागि एकलमहिलाहरुको सञ्जाल लगायतका संघ संस्थाहरु को एक्यवद्धता थियो ।

महिलाबालबालिका कार्यालयका निमित्त कार्यालय प्रमुख सीता पोखरेलको अध्यक्षता, सावित्री भण्डारीको सञ्चालन र महिला कर्मचारी सञ्जाली भगवती अर्यालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सिवालय महिला जागृती सहकारी संस्था सिमिचौरका कलाकारहरुले महिला हिंसा विरुद्ध सडक नाटक प्रस्तुत गरेका थिए भने दृष्टिविहिन छात्रा मनिषा घिमिरेको गित प्रस्तुत भएको थियो ।
0 प्रतिकृयाहरु