गजल
Published on
1:18:00 AM //
-"निराश बिरही" रेशम श्रीस
के लेखेछ भाविले निधारमा हेर्न नमिल्ने
दु:खै पर्या भएनि भाग्यमा फेर्न नमिल्ने
सादा कागजमा कोरेको अक्षर मेटे जसरी
मेटेर चिताएको कुरा क्यै केर्न नमिल्ने
जो लेख्या छ सो घतित् हुन्छ निरन्तर
खुशी हुँदा बाटो छेकी सुख घेर्न नमिल्ने
फिजाउ कि!वारपार षड्यन्त्रका ति जाल
सत्य उही छ कर्म जालमा बेर्न नमिल्ने