गुल्मी सेवा समाज कतारद्वारा आर्थिक सहयोग
Published on
5:07:00 AM //
कुमार "अविरल" पन्थी
गुल्मी सेवा समाज दोहा कतार को चौथो साधारण सभा पछिको दोश्रो मासिक बैठक सम्पन्न भएको छ । बैठक संस्थाका अध्यक्ष श्री लक्षमण पौड्याल को अध्यक्षतामा बसेको थियो । साथै संस्थाका अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मेली मीत्रहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । हरेक महिना बस्दै आएको उक्त बैठकलाई निरन्तरता दिदै यो महिना पनि सो बैठक सम्पन्न गरियो। उक्त आवसरमा सस्थाले आयोजना गरेको नव वर्ष २०६९ सालको शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न भएको छ।

साथै सोही बैठकबाट पाथीभरा युवासेवा समाज ताप्लेजुङ्ले एबुलेन्स खरिदको लागि भनी सहयोगको अपेक्षा गरी पठाएको पत्र मार्फत बैठकमा सहभागी बाट ७९ र सस्थागत ५१ गरी जम्मा १३० कतारी रियाल। तेस्तै समाज सेवा अभियान रुपन्देहीले पठाएको पत्र मार्फत मिर्गौल पीडित पशुपती खनाललाई सहभागीबाट १०० र सस्थागत ५१ गरी जम्मा १५१ कतारी रियाल। यसै क्रममा दाङ देउखुरी प्रवासी सेवा समाजद्वारा दाङ जिल्ला श्री गाउ वडा न २ निवासी ब्लड क्यान्सर पीडित ७ बर्षिया बलिका दिपशिखा वलीलाई सस्थागत ५१ कतारी रियाल। आर्थिक सहयोग गरिएको थियो।
0 प्रतिकृयाहरु