बोल्न लजाउँछन् राजेश र करिश्मा
Published on
10:02:00 PM //
नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली सिनेमा उद्योगमा चलेको जोडी हो । यी दुईजनाले कुनै समय नेपाली सिनेमा क्षेत्रमा धुम नै मच्चाएका थिए । उनीहरुले अभिनय गरेको सिनेमाले व्यवसायिक रुपमा सफलता पनि पाएको थियो । यसैले दुई कलाकारको सम्बन्ध एक आपसमा घनिष्ठ होला भन्ने धेरैको अनुमान हुनसक्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3TTQ4KhCdvUNo7ORhNUtYunW5qIYpbxGS00wsxiYYGqfLN7mH0weX8jId-cep_OfO_-SF_TLjf85jlQAuOrKhNltMYMX84LrfeGYFWLHtl-2qa9rmZOe2vYELi5k_QRucVZI3Gm4XmQsd/s320/Karishma_manandhar_with_rajesh_hamal%5B13%5D.jpeg)
हुन त यी दुईबीच बोलचाल नै नभएको भने होईन । राजेश र करिश्माबीच सम्बन्ध बिग्रिएको छैन । तर पनि अधिकांश सार्वजनिक कार्यक्रममा सँगै देखिए भने यी दुई एक अर्कासँग बोल्न लजाउँछन् । यदि स्टेजमा बोल्नु पर्यो भने एकले अर्काको नाम लिन पनि भुलेको पाइंदैन । तर पनि यी दुई सँगै भए भने बोल्न भने आनाकानी गर्छन् ।
आखिर राजेश र करिश्माबीच यस्तो सम्वन्ध किन छ, यो उनीहरुलाई नै थाहा होला ? तर, पनि उनीहरु एक अर्कासँग बोल्न किन यति गाह्रो मान्छन् यो भने बुझि नसक्नु छ ।
अन्लाईनखबर डट कमबाट
0 प्रतिकृयाहरु