आधुनिक आलुखेती शुरु
Published on
4:22:00 PM //
गुल्मी, (नेस), वर्षे आलु उत्पादनका लागि प्रसिद्ध ठाउँ गुल्मीका अर्खवाङमा आधुनिक आलुको बीउ रोप्ने कार्य शुरु गरिएको छ।
परम्परागत आलुभन्दा बढी फल्ने एन.पी.आई. ७ सय १६ जातको उत्पादनशील उक्त आलुको नमुना बीउ रोप्ने कार्य अर्खवाङ-८ का कृषक रामबहादुर घर्तीको बारीबाट शुरु गरिएको छ। घर्तीको बारीमा आज कृषि सेवा केन्द्र चौरासीका प्रमुख वीरवल चौधरीले उक्त नमुना बीउ रोप्दै त्यहाँका कृषकहरुलाई त्यस बीउको महत्वका बारे प्रकाश पार्नुभएको थियो।

0 प्रतिकृयाहरु