Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिमा मिनीट्रकले घरमा ठक्कर दियो

Published on 11:11:00 AM //

रुरु नेटवर्क
बुटवलबाट तम्घास तर्फ जाँदैगरेको लु १ ख ७१२३ नम्बरको मिनी ट्रक आज बिहान रिडी बसपार्कको उकालोमा आफ्नो नियन्त्रण गुमाउँदा एउटा घर भित्र छीरेको छ । उकालो चढ्दै गर्दा ट्रक अचानक ब्याक भइ ट्रक होटल शान्तीपुर भित्र छीरेको थियो । घटनामा घरको समान्य क्षती भएको छ भने मानबिय क्षती हुनबाट जोगीएको छ् । घटनाको समयमा खाजा बनाउदै गरेकी होटल मालिक्नी ट्रक आफ्नो घर तर्फ आउँदै गरेको देखेपछी भागेर ज्यान जोगाउन सफल भएकी थिइन । आफ्नो क्षमता भन्दा बढी भार बहन गरेका कारण ट्रकले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घतना भएको बाताइएको छ्। दुर्घटनाका दृष्‍टिकोर्णले अती संबेदनशिल मानिएको रिडी बसपार्कमा यस अघी पनि यस्तै प्रकृतिका घटनाहरु घटिसकेका छन ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग