गुल्मी जिल्ला समाज यूकेको साधारण सभा अप्रिल २२ मा
Published on
10:16:00 PM //
अर्जुन गौतम
गल्मी जिल्ला समाज, यूकेले साधारणसभा आगामी २२ अप्रिलका दिन गर्ने निर्णय गरेको छ । आसफोर्ड स्थित एभरेष्ट इन रेष्टुरेन्टमा समाजको आईतबार बसेको बिषेश बैठक मार्फत सो निर्णय गरेको हो । टन ब्रिजमा हुने सो सभाका संयोजकका रुपमा भेस थापा तथा उपसंयोजकका रुपमा दर्गा बुढाथोकीलाई चयन गरिएको छ ।
यसैगरी समाजले आगामी ४ अगष्टमा फान्बरोमा बार्षिक भेटघाट कार्यक्रम समेत गर्ने निर्णय गरेको छ । ओम थापाको संयोजकत्वमा हने सो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न, ओम बुढाथोकी, बिनोद ज्ञवाली, रबी गरुङ, राजन खरेल लगायतको टोलीलाई जिम्मा दिईएको छ । साथै बैठकले गल्मी स्थित आशा अपाङग केद्र, नेपालको बिषेश धन्यबाद कार्यक्रममा सहभागीताका लागी उपाध्यक्ष दर्गा पाण्डेको उपाधक्ष्यतामा समाजका सल्लाहाकार पशुपती भण्डारी सहितको एक टोली पठाउने निर्णय गरेको छ । साथै, यस कार्यक्रममा सहभागीता जनाउन ईच्छुक समाजका जो कोही सदस्यलाई स्वागत गरिने जनाईएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh1_wgO757RhXM-875TjvXYUDyu-p-yF2y3YqyaV0iGYhChhZ53Y_varRwlMJluD7ypZp5USn9oDzAty4V3wEJWAy51JRz7QiBxAcM-8p2_JRW3gGlAC-6AwY3vpH7DkizC1c_4wCezyODw/s400/pho+5.jpeg)
कार्यक्रममा अध्यक्ष ओम प्रसाद थापा, दर्गा पाण्डे, मोतीराज भण्डारी, अर्जुन गौतम, बिनोद ज्ञवाली, बिन प्रसाद भुजेल, दुर्गा बुढाथोकी, ओम बुढाथोकी, रवी गुरुङ, राजन खरेल, भेष बहादुर थापा, पशुपती भण्डारी, चक्र बहादुर राना, बिष्णु ज्ञवाली, हरि पन्त, यादब भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको पूर्ण प्रायोजन एभरेन्ट इन रेस्टुरेन्टद्वारा गरिएको थियो ।
0 प्रतिकृयाहरु