युएईबाट सेतीबाढी पीडितलाई रु.६४,३४८ सहयोग
Published on
12:34:00 PM //
लालबहादुर ढेंगा
दुबई । सेतीबाढीबाट प्रभावित परिवारको लागि सहयोगार्थ अन्नपूर्ण राहत कोष खडा गरी सहयोग संकलन जारी राखेको रेडियो अन्नपूर्णको राहतकोषमा गत १९ मे शनिबारका दिन नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले ६४ हजार ३ सय ४८ रुपैयां दुबईको अल अहालिया मनी एक्सचेन्जमार्फत पोखरास्थित सिटी डेभलपमेन्ट वंैकमा रहेको अन्नपूर्ण राहत कोषको वचत खाता नम्बर ३००१ एच.मा जम्मा गरिदिनु भएको छ ।

जहां प्रवासी नेपालीहरुको रेमिटेन्सबाट देश धानिएको छ, त्यहि राजनीतिको अखाडा पनि अझै मौलाउंदै गएको छ । महंगाईले आकाश छुदै छन् भने आर्थिक दृष्टीकोरणले हेर्दा देशको स्थिति गम्भीर अवस्थामा पुगिसकेको छ । यस्तै निति रहयो भने भोलीको नेपाल कस्तो होला ? हालैमा भएको सेतीबाढी प्रभावित परिवारको लागि संसारभरका प्रवासी नेपालीहरुले संकलन गरेको रकमले केही समयको लागि त राहत होला । तर, यसको लागि सरकारले पनि उच्च कदम उठाउन आवश्यक रहेको छ ।
यस “राहत कोष समिति” लाई आर्थिक संकलन गर्नमा सहयोग गर्ने संस्थाहरु गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई, एकता समाज युएई, जनप्रगतिशील मंच युएई, बागलुङ सेवा समाज युएई, महिला समिति युएई, नेपाली समाचार पाक्षिक–युएई पत्रिका, किरांत राई यायोक्खा युएई, शेर्पा किदुग युएई, याक एण्ड यति नेपाली रेष्टुरेण्ट, स्याङ्जा सहयोग समाज युएईलाई अध्यक्ष कृष्ण ढकाले विशेष धन्यबाद दिनु भएको छ ।